फोरम पर्साको अध्यक्षमा पुनः यादव

फोरम पर्साको अध्यक्षमा पुनः यादव

वीरगन्ज : संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्ला अध्यक्षमा पुनः प्रदीप यादव निर्वाचित भएका छन्।

वीरगन्जमा सोमबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी अब्दुल रहीम अन्सारीलाइ १० गुणा मतान्तरले पराजित गर्दै यादव पुन अध्यक्षमा निर्वाचित भएका हुन्।

यादव पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य हुन् भने अन्सारी प्रदेशसभा सदस्य हुन्।

सोमबार वीरगन्जमा भएको फोरम नेपाल पर्साको प्रथम जिल्ला समन्वय समिति कार्यक्रमको बन्दसत्रमा अध्यक्ष पदका लागि यादव र अन्सारी दुवैबीच सहमति नजुटेपछि मतदान गरिएको थियो।

कुल ४६ मत मध्ये ४० मत यादवको पक्षमा र चार मत मात्रै अन्सारीको पक्षमा खसेको थियो। बाँकी दुई मत बदर भएको निर्वाचन समितिका अध्यक्ष नवलकिशोर यादवले जानकारी दिए।

फोरम नेपाल पर्साको जिल्ला समन्वय समिति ४६ सदस्यीय रहनेछ। बाँकी पदाधिकारी र सदस्य तीन दिन पछि बस्ने समितिको बैठकले चयन गर्ने नवनिर्वाचित अध्यक्ष यादवले जानकारी दिए।

यादवले नेता कार्यकर्ताले आफूमाथि भरोसा गरेर अध्यक्ष निर्वाचित गरेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.