सातौं पटक छेडे बुद्धकृष्णले जिब्रो

सातौं पटक छेडे बुद्धकृष्णले जिब्रो

बोडे (भक्तपुर) : भक्तपुरको बिस्का जात्राअन्तर्गत सोमबार मध्यपुर थिमीको बोडेको जिब्रो छेड्ने जात्रामा स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले सातौंपटक आफ्नो जिब्रो छेडाएका छन्।

मध्यपुर थिमी नगरपालिका ८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा हजारौं भक्तजनको सामुन्ने बुद्धकृष्ण बाग श्रेष्ठको जिब्रो छेडिएको हो।

उनले ११ वर्षअघिसम्म लगातार चारपटक जिब्रो छेडाएका थिए। तर पाँचौंपटक जिब्रो छेड्न नपाउँदै घरमा जूठो परेको थियो। उनीपछि जुजुभाइ बासं श्रेष्ठले नौ वर्ष लगातार जिब्रो छेडाए। जुजुभाइले पनि पारिवारिक समस्या आएपछि दसौंपटक जिब्रो छेडाउन पाएनन्।

फोटोः रमेश गिरी/रासस


जुजुभाइपछि पुनः जिब्रो छेडाएका बुद्धकृष्णले यस वर्ष लगातार तेस्रो वर्ष ज्रिबो छेडाएका हुन्। बोडेका श्रेष्ठ जातिले मात्रै उक्त जात्रामा जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ।

सोमबार ऐय्या पनि भन्न नपाउँदै करिब एक फिट लामो फलामे सुइरोले बुद्धकृष्ण जिब्रो छेडिएको छ। प्रत्येक वर्ष विक्रम संवत्को नयाँ वर्षको भोलिपल्ट बोडेमा जिब्रो छेड्ने जात्रा निरन्तर चल्दै आएको छ।

जात्राको प्रचलनअनुसार जिब्रो छेड्न तयार रहँदै आएका बुद्धकृष्णले तीनदिन अघिदेखि केही नखाई व्रत बसेका थिए। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नुहुन्न भन्ने जनविश्वास रहँदै आएको छ। जिब्रो छेड्दा थप पीडा नहोस् भनेर उनले साता दिनअघि नै नूनसमेत खाएका छैनन्।

फोटोः रमेश गिरी/रासस


त्यस्तै व्रत बस्दा जिब्रो छेड्दा शक्ति प्राप्त होस् भनी जिब्रो छेड्ने व्यक्तिले बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजा गर्ने चलन रहेको छ। स्थानीय पाँचो गणेश मन्दिरमा जिब्रो छेड्ने दिन नाइके प्रधान र कर्मी नाइके उपस्थित भइसकेपछि नाय्खीँ बाजासहित तीनपटकसम्म जिब्रो छेड्ने व्यक्तिको घरमा निमन्त्रणा लिएर जानुपर्छ।

तेस्रोपटकमा मात्रै उक्त व्यक्ति जिब्रो छेड्दा प्रयोग गरिने परम्परागत पोशाक लगाएर गर्वका साथ पाँचो गणेश मन्दिर आइपुग्ने जात्राको विधान रहँदै आएको छ। त्यस्तै जिब्रो छेड्ने तयारी भइरहँदा पाँचो गणेश मन्दिर परिसरमै जिब्रो छेड्ने व्यक्तिले बोक्ने अर्ध चन्द्रकारको मसाल जस्तै महादीप तयार गरिन्छ।

फोटोः रमेश गिरी/रासस


जिब्रो छेड्न बुद्धकृष्णको उपस्थिति भएपछि कर्मी नाइके कृष्णचन्द्र बाग श्रेष्ठले हजारौं भक्तजनहरूको अगाडि सम्पूर्ण देवदेवीको प्रार्थना गर्दै फलामे सुइरोले बुद्धकृष्णको जिब्रो छेडे। जिब्रो छेडिसकेपछि बुद्धकृष्णले उभिएर त्यहाँ उपस्थित सबैलाई अभिवादन गरे। अभिवादनपछि बालिएको महादीप बोकेर बुद्धकृष्णले करिब एक घन्टा बोडे सहर परिक्रमा गरेका थिए।

फोटोः रमेश गिरी/रासस


बोडेकै महालक्ष्मी मन्दिरमा उक्त परिक्रमा समापन गरिन्छ। जहाँ जिब्रो छेडिएको सुइरो झिकिएको थियो। सुइरो झिकिएपछि उनको घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राखिएको थियो। उक्त माटो राखेपछि जिब्रो छेड्दा लागेको घाउ ३÷४ दिनमै निको हुने जनविश्वास रहँदै आएको छ।

मध्यपुर क्षेत्रमा सिन्दूर जात्रा

फोटोः विकास कार्की/अन्नपूर्ण


सोमबार बिहान मध्यपुर थिमी नपाको बालकुमारी, नगदेश र चपाचो क्षेत्रमा सिन्दूर जात्रा हर्षोल्लाषका साथ मनाइएको छ।

बालकुमारी मन्दिर परिसरमा दक्षिण बाराही, विष्णुवीर र सिद्धिकाली गणका २३ वटा खटलाई बालकुमारी, चलाखु, दिगुटोललगायतका टोलमा परिक्रमा गराइएको थियो।

स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा जात्रालुहरुले एकअर्कामा सिन्दूर छर्कने भएकाले यस जात्रालाई सिन्दूर जात्रा भन्ने गरिएको छ।

त्यस्तै नगदेशमा सिद्धि गणेशको जात्रा मनाइएको छ। नगदेशस्थित सिद्धि गणेशलाई खटमा राखेर नगदेश सहर परिक्रमा गराइएको थियो। उक्त जात्रामा पनि जात्रालुले सिन्दूर छर्केका थिए।

भक्तपुरमा अष्टमातृकाको जात्रा

त्यस्तै भक्तपुरमा भने महाकाली र महालक्ष्मी तथा ब्रह्मायणी र माहेश्वरीको खट एकापसमा जुधाएर जात्रा गरिएको छ। यसैगरी साविकका गाविसहरु दधिकोट, गुण्डु, नंखेल, चित्तपोल, ताथली, सुडाल, छालिङ, झौखेल र दुवाकोटमा स्थानीय अष्टमातृका, भैरव र गणेशको खट घुमाएर बिस्केट जात्रा मनाइएको छ। आठ दिन नौ रात लामो बिस्केट जात्राअन्तर्गत वैशाख ५ गतेसम्म भक्तपुर जात्रामय रहने छ।सातौंपटक जिब्रो छेडाएपछि महादीप बोकेर बोडे परिक्रमा गर्दै बुद्धकृष्ण बाग श्रेष्ठ। फोटो : ईश्वरकाजी खाइजू


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.