तीन महिनाभित्र घर-घरमा बिजुली

तीन महिनाभित्र घर-घरमा बिजुली

कालिकोट : पलाँता गाउँपालिकाले चालु वर्षभित्रै गाउँपालिकाका सबै घरधुरीमा विद्युत्को पहुँच पुर्‍याउने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लगानी गरी गाउँपालिकाका सबै बस्तीमा जलविद्युत् पुर्‍याइने भएको हो ।

जसका लागि आफ्नो क्षेत्रभित्र रहेका स–साना खोलाबाट लघु जलविद्युत् आयोजना निर्माण गरी असारभित्रै सबैका घरमा बिजुली पुर्‍याइने योजना रहेको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय प्रसारण लाइनको पहुँचमा नपुगेका कर्णालीका सबै गाउँ अँध्यारोमै छन् । केही साना वैकल्पिक ऊर्जा र लघु जलविद्युत् आयोजना निर्माण भए पनि ती नियमित छैनन् ।

पालिकाले पलाँता उज्यालो कार्यक्रमअन्तर्गत पाँचवटा साना लघु जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उज्यालो गाउँपालिका बनाउन स्थानीय युवालाई सहभागी गराएर विकास निर्माण कार्यदल परिचालन गरिएको अध्यक्ष बमको भनाइ छ । अध्यक्ष बमले भने, ‘हामीले यसै वर्ष घर–घरमा बिजुली बाल्दै छौँ, जसका लागि करिब ८० जनाको विकास कार्यदल प्रयोग गरेका छांै ।’

यस्तै, पालिकास्तरमा छुट्टै ऊर्जा शाखा स्थापना गरी मर्मत सम्भार कोषको समेत व्यवस्थापन गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताए । उपभोक्ता समितिको अगुवाइमा कार्य सञ्चालन गर्ने गरी विद्युत् सेवा विस्तार गर्न गाउँपालिकाले स्थानीय जनकराज बम, कर्मसिंह बुढा र कलबहादुर बमलाई जिम्मेवारी दिएको छ । गाउँपालिकाले पलाँता समृद्धिका लागि ५ महŒवपूर्ण कार्य थालनी गरेको बमले जानकारी दिए ।

घर–घरमा शुद्ध खानेपानी, सबै वडामा सडक, एक टोल एक बगैंचा, प्रत्येक वडामा सामुदायिक स्वास्थ्य इकाइ र सबै घरमा बिजुली जडान गर्ने कार्यलाई तीव्रता दिएको उनले बताए । उनले भने, ‘हामीले राखेका लक्ष्य पाँच वर्षभित्रै सक्ने गरी काम थालेका छौं ।’ उनका अनुसार उज्यालो पलाँता बनाउन पलाँताको सबैभन्दा ठूलो दुर्सिखोला लघु जलविद्युत् आयोजनालाई लिइएको छ । जुन सय किलोवाट क्षमताको हो । यो आयोजना पलाँता १, २, ३ र ८ नम्बर वडामा विस्तार भइरहेको छ ।

पलाँताकै अर्को २१ किलोवाट क्षमताको दाम्रीगाड लघु जलविद्युत् आयोजनाले पलाँता–९ का सबै घरधुरीमा विद्युत् सेवा विस्तार भएको छ । यस्तै, अर्को औलाखोला लघु जलविद्युत् आयोजना ७० किलोवाट क्षमताको आयोजना हो । यस आयोजनाबाट पलाँता–४, ५ र ६ वडाका सबै घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । आयोजनाको क्षमता ७० किलोवाट भए पनि खपत ३० किलोवाट मात्र भएको वडा नम्बर ४ का अध्यक्ष ऐनराज महताराले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.