विप्लवका जिल्लासचिवको घरबाट पेस्तोल र गोली बरामत

विप्लवका जिल्लासचिवको घरबाट पेस्तोल र गोली बरामत

बझाङ : बझाङका नेकपा विप्लव समुहका जिल्ला सचिव भरत मल्लको घरबाट प्रहरीले कटुवा पेस्तोलसहित दुई राउण्ड गोली र बम बनाउन प्रयोग हुने विभिन्न साम्रागी बरामत गरेको छ। 

तीन दिनअघि बझाङको बित्थडचिर गाउँपालिकाको बित्थड चेकपोष्टबाट पक्राउ परेका मल्लको घरमा प्रहरीले खोजतलास गर्दा उक्त सामग्री फेला परेको हो। आइतबार प्रहरीले खानतलासी गर्ने क्रममा मल्लको घर केदारस्यूँ गाउँपालिका सैन्सुबाट उक्त समान बरामत गरेको बताएको छ  । 

सरकारले नेकपा बिप्लव समुह माथि कडा निगरानी राखेसँगै जिल्ला सचिव मल्ललाई धनगढीबाट घर आउने क्रममा बित्थड चिरगाउँपालिकाको सीमा प्रहरी चौकीले समातेको थियो।  प्रहरीले थप अनुसन्धान गर्ने क्रममा  मल्लको घरमा खान तलासी गर्दा फोल्डिङ्ग बाला कटुवा पेस्तोल एक थान, उक्त पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, फोन सेट एक थान, चरेस जस्तो देखिने कालो पदार्थ, बिद्युतीय तार १५ मिटर, र बम बनाउन प्रयोग गरिने पाइप (सकेट) बरामद  गरेको प्रहरी नायब उपरीक्षक सुर्यबहादुर केसीले बताए। 

मल्लमाथि थप अनुसन्धान भइरहेकाले अन्य कुराको पनि जानकारी हुन सक्ने डिएस्पीको भनाइ छ। केहि महिना यता बझाङ जिल्लामा विप्लव समुहको गतिविधि बढ्दै गएको छ।  नेकपा  विप्लव समुहले कानुन विपरित काम गरेकाले उनीहरुलाई प्रकाउ गर्ने अवस्था रहेको पनि डिएसपी केसीले बताए। 
 
मल्ल अहिले प्रहरी हिरासत मै छन्।  उनले जिल्लामा विप्लवहरुलाई बढी परिचालन गरेको चन्दा संकलनको धम्की, ज्यान मार्ने धम्की, कर्मचारी धम्क्याउने र आत‌ंक मच्चाउने गतिविधि गरेको हुँदा पक्राउ गरेको पनि डीएस्‍पी केसीले भने। भरतका बुवा पनि विप्लव समुहमै छन्।     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.