किन एक्लै छन् कनैया कुमार ?

किन एक्लै छन् कनैया कुमार ?

केही सातादेखि भारतीय मिडियाका अधिकांश ‘अडियन्स’ यदी सबैभन्दा धेरै कसैलाई हेर्दैछन् भने त्यो व्यक्ति महेन्द्र सिंह धोनी वा विराट कोहली नभएर कनैया कुमार हो ।

भारतमा लोकसभा चुनावको गर्मी छ । र सबैभन्दा बढी चर्चाको चुनावी केन्द्र बनेको छ, बिहारको बेगुसराय । बेगुसरायका उम्मेद्वार हुन् कनैया । भारतीय जनता पार्टीका उम्मेद्वार गिरिराज सिंहसँग प्रतिष्पर्धा गरेका उनी चर्चामा आएका हैनन् ।

बरु जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी युनियनको अध्यक्ष हुँदादेखि नै मूलधारको राजनीतिमा हस्तक्षेप गर्नखोजेकाले चर्चामा छन् । विद्यार्थी राजनीतिमा सक्रिय छँदादेखि नै उनी भारतको शासनशैली र सत्ताको विपक्षमा निरन्तर छन् । जसकारण उनी हिरासतसम्म पुगे । उनीमाथि ‘देशद्रोही’को विल्ला भिराइयो । खासगरी भारतीय जनता पार्टीका अधिकांश नेताहरुले उनलाई यस्तो आरोप लगाउँदैआए ।

त्यसो त, कनैयाप्रति धेरैको सहानुभुति पनि छ । कतिपय कांग्रेसका नेता समेत उनको विपक्षमा खुलेर बोल्न सकेका छैनन् । यसबाट कनैयाले जितेकोमा उनीहरु पनि दुखी हुने छैनन् भन्न सकिन्छ । बिहारको एक विपन्न परिवारका एक युवक, जसले जेएनयूबाट पिएचडी गरेको छ । विद्यार्थी राजनीतिबाट सिधै सांसद बन्न आतुर युवासँग धेरैको अपेक्षा हुनु स्वभाविक पनि हो ।

खासगरी सिान्तकृत, अल्पसंख्यक, विपन्न र प्रतिपक्षीको समेत कनैयालाई सहानुभुति छ । भारतका केही प्रभावशाली मिडिया समेत उनको पक्षमा खुलेरै लागेका छन् । यसरी हेर्दा बाहिरी जिल्लाबाट आएर उम्मेद्वार बनेका गिरिराज र कांग्रेस गठबन्धनका उम्मेद्वार भन्दा बढी शक्तिशाली कनैया नै देखिएका छन् ।

कनैया किन एक्लै ?

यद्यपि कनैयाबारे केही बहस छुटेका छन् । यसबीचमा उनी भारतका हरेक सहर र गाउँ चहारिसके । बिहारका अधिकांश गाउँ घुमिसकेको कुरा उनले गरेका सम्बोधनबाट थाहा हुन्छ । कतै युवा समूहको आयोजनामा, कतै कुनै राजनीतिक दलको आयोजनामा, कतै विद्यार्थीहरु संगठन, साहित्यिक सभा जस्ता आयोजकका थुप्रै कार्यक्रममा उनले सम्बोधन गरिसकेका छन् । तर भारतको समग्र राजनीतिमा उनी कहिले सबैका साझा जस्ता देखिन्छन्, कहिले एक्लै देखिन्छन् ।

भारतका करोडौं युवाहरु यदी परिवर्तन चाहन्छन् भने कनैया किन एक्लै छन् त ? यो प्रश्नको जवाफ खोजिनुपर्छ । कनैया जसरी सेलिब्रिटी बनिरहेका छन्, यो यात्रा हेर्दा कनैया कतै फस्दैछन् वा फसाइँदै छन् । हरेक सहरमा उनले बोल्दा ताली वा वाहवाही त आइ नै रहन्छ । दर्शकहरु उनको भाषण निकै रुचीसाथ हेर्छन् । कयौं त उनको भाषणबाट परिवर्तन पनि भए सायद् । फेरि पनि उनी किन एक्लै छन् त ?

उनलाई जारी लोकसभा चुनावमा भारतको एक कमजोर कम्युनिस्ट पार्टीको सहारा लिएर चुनावमा भाग लिनुपर्ने अवस्था आयो । जब कि, कनैया जुन पार्टीको उम्मेद्वार बन्दै छन् त्यसका सबै नीति, सिद्धान्तसँग पूर्ण सहमत छैनन् । त्यसो त, उक्त कम्युनिस्ट पार्टी नै कनैयाको अनुहार देखाएर आफ्नो बिग्रिएको छवि सुधार्ने प्रयत्नमा छ ।

‘हिन्दुस्तान’को हिरोइजम

अन्ततः कनैया पनि ‘महान हिन्दुस्तान’को ‘हिरो’ बन्ने दौडमै छन् । र उनको यही यात्रा आफ्नै घाँटीमा पासो सावित हुने खतरा नजिकै देखिएको छ । सायद् उनी सांसद बन्लान् ।

तर त्यसबाट उनले कल्पना गरेजस्तो भारतीय समाज बन्ने छैन । कनैया सांसद बनेको खण्डमा, खुला सहरमा भाषण गर्ने कनैया संसदभित्र पुगेर भाषण गर्ने स्थिति भन्दा नयाँपन केही हुने छैन । अर्थात् उनी आफैँ सत्तालिप्स भएर केन्द्रमा बसिरहनुपर्ने छ । कनैया स्वयंलाई थाहा छ कि, उनी एक्लैले संसदभित्र खास परिवर्तन ल्याउन सम्भव छैन ।

यसको मतलब, कनैयाले चुनावमा भाग लिनु नै गलत हैन । बरु उनी एक्लै दौडिनु चाहीँ हानिकारक हो । जसले कनैया स्वयंका लागि उद्देश्यमा पुग्न दिने छैन । कनैया कुमार त्यस्ता चमत्कारिक युवा पनि हैनन्, जसरी प्रतिपक्षी र कम्युनिस्टहरु चित्रित गर्दै छन् । जबसम्म उनले उठाउँदैआएको आवाजले उर्जाशील सांगठनिक आकार लिँदैन, तबसम्म कनैयाको सपना एक सांसदभन्दा माथि पुग्ने छैन । भन्न त, भावुक कम्युनिस्टहरु कनैयाले भारतको राजनीति नै उल्ट्याउँछन् भन्छन् । जुन भ्रमले कनैयालाई पनि सिध्याउने छ, र उनले चाहेको भारतीय समाजको सपना पनि तुहिने छ ।

नेपालको सन्दर्भ

कुनै बेला नेपाली राजनीतिमा गगन थापा, रामकुमारी झाँक्री जस्ता युवा नेताहरुसँग आम जनताका अनौठा अपेक्षा थिए । तर एक दशक नबित्दै गगन र रामकुमारीहरु सत्तामा बिलाए । र तिनका अनुहारमा अस्वभाविक परिवर्तन देख्नखोज्नेहरुमध्ये कोही केपी ओलीको सोलोडोलो समृद्धिमा अलमलिए, कोही त रञ्जु दर्शनाका ‘फ्यान’ बने ।

आखिर अमुक पात्रलाई अस्वभाविक रुपमा उचाल्दा यस्तै हुन्छ । के कोही युवा एक दशकसम्म एक्लै रहन सम्भव छ ? जसरी महात्मा गान्धी एक्लै थिएनन्, त्यसरी नै कनैया कुमारहरु एक्लै हुनु सम्भव छैन । अम्वेडकर, भगत सिंह, नेपालका विपी कोइराला, मदन भण्डारीहरु जसरी एक्लै दौडिएनन् नि, त्यसैगरी कनैया कुमारहरु एक्लै दौडिन खोज्नु भारतीय राजनीतिको सलमान खान बन्ने यात्रा हो वा एक तानाशाहको अभ्यास !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.