थ्री स्टार जनक कपको फाइनलमा

थ्री स्टार जनक कपको फाइनलमा

मलंगवा : सर्लाहीको बागमती नगरपालिकामा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लब विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले हराउँदै फाइनलमा प्रवेश गरेको छ।

स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको खेलमा थ्री स्टारको तर्फबाट जर्सी नं. ११ का सुशील राईले पहिलो गोल गरेका थिए। सुनील बलको पासलाई हेड गर्दै राईले रुस्लान थ्री स्टारका लागि पहिलो गोल गरेका थिए। गोल गरेपछि दर्शका समर्थन पाएका थ्री स्टारका सामु एपीएफ क्लब निरीह देखिएका थिए।

खेल अवधिभर एपीएफका खेलाडी गोल गर्नका लागि जति प्रयास गरेपनि थ्री स्टारका डिफेन्डरका सामु तिनीहरूको कुनै सीप चलेको थिएन। पहिलो गोल गरेपछि दर्शकको समर्थन पाएर हौसिएका थ्री स्टारका लागि खेलको ७६ औं मिनेटमा सेन्टर डिफेन्डर दिनेश राजवंशीले दोस्रो गोल गरेका थिए। डिबक्सको भन्दा बाहिरबाट प्रहार गरेको बल किपरले समाउन नस्कदा बलले जाली चुमेको थियो।

बैशाख ६ गते हुने फाइनलमा थ्री स्टारले बुधवारको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। बुधवार हुने दोस्रो सेमिफाइलन खेलमा बागमती नगरपालिका र भुटानको पारो फुटबल क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।

पहिलो सेमिफाइनल खेलको म्यान अफ द म्याच थ्री स्टारका दिनेश राजवंशीले पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.