सरकार प्रेस स्वतन्त्रता विरोधी : देउवा
टीकापुर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले पे्रस र वाक स्वतन्त्रता विरोधी भएको आरोप लगाएका छन्।
कांग्रेस क्षेत्र नम्बर १ कैलालीको टीकापुरमा बीपी स्मृति भवनको उद्घाटन गर्दै सभापति देउवाले यस्तो आरोप लगाएका हुन्।
‘वर्तमान सरकारका प्रेस र वाक स्वतन्त्रताविरुद्ध हस्तक्षेपकारी ढंगले अघि बढेको छ’, देउवाले भने, ‘सरकार जनताका हकअधिकार हनन् हुने गरी अघि बढेको छ।’
सभापति देउवाले सरकारले जनतालाई ढाँट्न थालेको आरोपसमेत लगाए। ‘विगतका सरकारले गरेका कामलाईसमेत आफैँ गरेको भन्दै वर्तमान सरकारले जनतालाई ढाँट्ने गरेको छ’, देउवाले भने, ‘यो सरकारले एउटा पनि राम्रो काम गरेको छैन।’
फरक प्रसङ्गमा देउवाले जलविद्युतको सदुपयोग हुन सके सुदूरपश्चिम प्रदेश अरु प्रदेश भन्दा समृद्ध हुने बताए। उनले सुदूरपश्चिममा देशकै कायापलट गर्न सक्ने जलविद्युतको सम्भावना रहेको औंल्याए।
उनले जनताको लगानीमा जलविद्युत आयोजना निर्माण हुनुपर्नेमा जोड दिँदै पश्चिम सेती सुदूरपश्चिमका जनताले निर्माण गर्न चाहेको जिकिर गरे। ‘हामी आफैँ विद्युत उत्पादन गर्न सक्छौं’, उनले भने, ‘सरकारले वातावरण बनायो भने सुदूरपश्चिमबासी पश्चिम सेती आफैँ बनाउन सक्छन्।’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले तिनै तहका सरकारले डल्लो बजेटका नाममा आर्थिक अनियमितता गरेको आरोप लगाए