पर्यटकले भरिए  होमस्टे

पर्यटकले भरिए  होमस्टे

बेसीसहर : आन्तरिक पर्यटकको आगमन बढेपछि लमजुङका ‘होमस्टे’ यतिबेला भरिभराउ छन्। नयाँ वर्ष मनाउन आएका पर्यटकले ग्रामीण पर्यटकीय गाउँहरू भरिभराउ भएका हुन्।

सार्क राष्ट्रको नमुना घलेगाउँ, नेपालको उत्कृष्ट होमस्टे काउलेपानी, सिउरुङ, भुजुङ, राइनासकोट, घनपोखरा, खासुर, रकगार्डेनलगायत पर्यटकीय गाउँमा आन्तरिक पर्यटक भरिभराउ छन्। काठमाडौं, पोखरा, चितवन, तनहुँ, गोरखा, नवलपरासीलगायत ठाउँबाट पर्यटक ओइरिएका छन्।

सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटकीय घलेगाउँमा दैनिक दुई सयका दरले पर्यटक पुगेका छन्। घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले गाउँमा नअटाएका पर्यटकलाई छिमेकी गाउँ भुजुङ र घनपोखरा पठाउने गरिएको बताए। ‘पर्यटकले सबै घर भरिएका छन्। सबै पर्यटक राख्न सकिएको छैन’, पर्यटन विकास समितिका सचिव आशावीर गुरुङले भने, ‘ठाउँ नपाएका पर्यटकलाई घनपोखराको नायूँ र भुजुङ गाउँ पठाउने गरेका छौं।’

गाउँसहरको काउलेपानी गाउँ पनि पर्यटकले भरिभराउ छ। काउलेपानी पर्यटन समितिका अध्यक्ष देउबहादुर गुरुङका अनुसार गाउँका सबै होमस्टे घरहरू पर्यटकले भरिएका छन्। ‘होमस्टेका सबै घर भरिभराउ छन्। स्वागतसत्कार र सेवा दिन गाउँले व्यस्त छन’, गुरुङले भने, ‘बास नबसी घुम्न मात्र आउने पर्यटक त कति हो कति।’ उनले यो सिजनमा वनभोजका लागि आउने पर्यटक पनि उत्तिकै रहेको बताए।

बेसीसहर नजिकै रहेको खासुरको होमस्ट पनि भरिभराउ छ। यसैगरी राइनासकोट, खुदीको सिउरुङ, भुलभुलेको भुष्मे, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेन रहेको खानीगाउँमा पनि पर्यटकको ओइरो लागेको स्थानीयले बताए। सिउरुङ पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले आन्तरिकसँगै विदेशी पर्यटक पनि गाउँ आएको बताए। राइनास होमस्टेकी सञ्चालिका लक्ष्मी गुरुङले नयाँ वर्ष मनाउन आउने पर्यटक धेरै हुँदा कतिलाई फर्काउनु परेको बताइन्।

अन्नपूर्ण पदयात्रा मार्गमा सडक निमार्णसँगै पर्यटकीय क्षेत्रमा नकरात्मक प्रभाव परिरहेका बेला ग्रामीण पर्यटकीय गाउँ आशाका किरण बनेका झुल्किएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.