दुर्घटना कम गर्न सांस्कृतिक सचेतना

दुर्घटना कम गर्न सांस्कृतिक सचेतना

कालिकोट : राष्ट्रिय अपांग सांस्कृतिक प्रतिष्ठानमा आबद्ध कलाकर्मीले कालिकोटको सदरमुकाम मान्ममा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउन कार्यक्रम गरेका छन्। राष्ट्रिय अपांग सांस्कृतिक प्रतिष्ठान, समावेशी अपांग सञ्जाल र ट्राफिक प्रहरीको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना फैलाउन सांस्कृतिक प्रस्तुति दिएका हुन्।

कार्यक्रममा राष्ट्रिय अपांग सांस्कृतिक प्रतिष्ठानका संयोजक आकाश विरही कान्छाले समाजमा मनका गरिब र वैचारिक रूपमा अपांगता भएकाहरूको जमात बढ्दै गएको बताए। उनले भने, ‘कोही जन्मजात त कोही विभिन्न दुर्घटनामा परी अपांग भएका छौं, सडक दुर्घटनाकै कारण कोही कसैले पनि शारीरिक रूपमा अपांगता हुनु नपरोस् भन्ने उद्देश्यले सांस्कृतिक अभियान सुरु गरेका हौं।’ धेरै दुर्घटना हुने कर्णाली राजमार्गमा चालक र यात्रु दुवैलाई सचेत बनाउन गीत र नृत्यको माध्यम रोजिएको उनले बताए।

खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले कर्र्णालीकै प्रवेशद्वारका रूपमा रहेको खाँडाचक्र नगरपालिकालाई सफा र व्यवस्थित बनाउने बताउँदै भने, ‘सचेत मान्छेहरूकै लापरबाहीका कारण हामीले दुर्घटना भोग्नु परिरहेको छ, सचेतनासँगै कानुन कार्यान्वयनमा पनि कडाइ आवश्यक छ।’

राष्ट्रिय अपांग सांस्कृतिक प्रतिष्ठानका सहसंयोजक चेतबहादुर केसीले सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना अभियानमा आफूहरू देश दौडाहमा रहेको बताए। चारै हात खुट्टाको सहारामा हिँड्ने फरक क्षमताका भएका दाङ तुलसीपुर निवासी ३२ वर्षीय केसीले रोचक नृत्य प्रस्तुत गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि सबैको सक्रियता आवश्यक रहेको बताए।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.