ती मजदुरलाई अझै थाहा छैन, नरेन्द्र मोदीले उनीहरुको खुट्टा किन धोएका थिए !

ती मजदुरलाई अझै थाहा छैन, नरेन्द्र मोदीले उनीहरुको खुट्टा किन धोएका थिए !

काठमाडाैं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भ मेलाको मौका छोपी केही विपन्न दलित मजदुरहरुको खुट्टा धोएको समाचार त्यसबेला भाइरल नै बनेको थियो ।

मोदीले खासमा चुनावकै आधार बनाउन यसो गरेको थिए भन्ने टिप्पणी भारतीय मिडियाको थियो । दलित मजदुरहरुको खुट्टा धोएको त्यस घटनाको रोचक रहस्य भने अहिले खुलेको छ ।

तिनै मजदुरहरु प्रधानमन्त्री मोदीलाई सोध्दैछन्, ‘किन धोए हाम्रो खुट्टा ?’ अचम्म त के भने, प्रधानमन्त्री मोदीले खुट्टा धुँदैछन् भन्ने ती मजदुरहरुलाई पूर्व जानकारी नै थिए ।

उनीहरु आफैँ अहिले पनि किन खुट्टा धोए भनेर त्यसको जवाफ पाइरहेका छैनन् । ‘२४ तारिख ४ बजे उनले हामीलाई भेटे,’ एक बृद्धले भने । अर्की महिला भन्छिन्, ‘हामीलाई त लागेको थियो, केही बातचित होला । तर अचानक प्रधानमन्त्री आएर हाम्रा मैला खुट्टा पो धुन थाले !’ यस्तैमा अर्का युवक भन्छन्, ‘हामीलाई त लाज नै लागेको थियो ।’

उनीहरुलाई भित्र बोलाइएको थियो । जहाँ उनीहरु गएर बसे । तर थाहा थिएन कि, किन बोलाइयो भनेर । त्यहाँ पाँचवटा प्लेट देखेर उनीहरु अचम्भित भएको उनीहरु सुनाउँछन् ।

एक बृद्ध महिलाले आक्रोशित हुँदै थपिन्, ‘मोदीजीले खुट्टा धोएर कोही पवित्र भएन ! ३–४ महिनादेखि तलब पाएका छैनौँ हामीले । हामीसँग कुनै जागिर छैन । ठेकेदारीमा काम गरिरहनुपरेको छ । मोदीजी अहिले यहाँ आउन् त हामी उनलाई साबुनले नुहाइदिन्छौँ । कपालमा तेल लगाइदिन्छौँ । तर के यसबाट जागिर मिल्छ त ?’

यसबारे ‘द वायर’ले हालै विस्तृतमा एक भिडियो डकुमेन्ट्री नै तयार पारेको छ । लोकसभा चुनावको माहोलमा कांग्रेसका अध्यक्ष राहुल गान्धी सहित विपक्षी दलका नेताहरुले भने उक्त भिडियोलाई प्रचार सामग्री जस्तै बनाउन थालेका छन् ।

मेलामा खुट्टा धोइएका मजदुरहरुबारे ‘द वायर’ को उक्त भिडियोबाट प्रधानमन्त्री मोदीले त्यसो गरेर चुनावी ‘स्टन्टवाजी’ गरेको प्रष्ट बुझिन्छ । भिडियोमा ती मजदुरले आफू ठेकेदारी प्रथाबाट काम गर्नुपरेको पीडा सुनाउँछन् । जागिर समेत नरहेको अवस्थामा खुट्टा धुँदैमा केही फरक नपर्ने भन्दै आक्रोशित छन् । साथै उनीहरु मोदीलाई भेटेर आफ्नो समस्या सुनाउन चाहेको कुरा पनि भिडियोमा उल्लेख छ । तीमध्ये एक युवकले भनेका छन्, ‘हाम्रो खुट्टा नधोऊ, बरु हाम्रो पेट हेर, हाम्रो भविष्य हेर !’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.