मुख्यमन्त्री बसेको स्टेज भाँचिदा तीन घाइते

मुख्यमन्त्री बसेको स्टेज भाँचिदा तीन घाइते

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाको आयोजनामा बुधबार प्रथम अजयमेरु महोत्सव २०७६ को उद्घाटन भएको छ। प्रतिकुल मौसमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महोत्सवको उद्घाटन गरे। महोत्सवको उद्घाटन अगाडि नै स्टेज भाँचिएपछि तीनजना महिला सामान्य घाइते भएका छन्।

घाइते हुनेमा अजयमेरु गाउँपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गीता पन्त  रहेका छन्। तीनैजना सामान्य उपचारपछि घर फर्किएको डडेल्धुरा अस्पतालले जनाएको छ। 

मुख्यमन्त्री कार्यक्रम उद्घाटनका लागि स्टेजमै रहेका बेला महोत्सवको स्टेज भाँचिएको थियो। तर मुख्यमन्त्रीलाई भने कुनै चोट लागेको छैन। महोत्सवको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री भट्टले प्राचीन सम्पदाको संरक्षण तथा सम्वद्र्धन गर्न प्रदेश सरकार क्रियाशिल रहने बताएका छन्। 

नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थकतामा पुर्‍याउनका लागि समृद्धि आवश्यक रहेको मुख्यमन्त्री भट्टले तर्क गरेका छन्। 

आर्थिक समृद्धिका लागि पर्यटकीय क्षेत्रको उजागर गर्नुका साथै पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणका क्षेत्रमा प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन्।
 
प्रदेश सरकार विगतको डेढवर्ष कानुन निर्माण तथा नीति निर्माणमै लागेकाले विकास निर्माणमा सुस्तता देखिएकाले अबका दिनमा विकास निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनले बताएका छन्। 

मेला महोत्सवले पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्‍याउने भन्दै मुख्यमन्त्री भट्टले स्थानीय उत्पादनलाई बजारीकरण गर्न ग्रामीण क्षेत्रमा आयोजना हुने महोत्सव महत्वपूर्ण रहेको बताएका छन्।
  
‘कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सवमार्फत गाउँपालिकाको पहिचान’ भन्ने मूल नाराका साथ गाउँपालिकाले महोत्सव आयोजना गरेको हो।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.