साहित्यकार सापकोटा सगरमाथा चढ्दै

साहित्यकार सापकोटा सगरमाथा चढ्दै

काठमाडौं : साहित्यकार लक्ष्मण सापकोटा पहिलोपटक साहित्यिक ब्यानरमा सगरमाथा चढ्ने भएका छन्। उनलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बिदाइ गरेका हुन्।

सापकोटाले नेपाली साहित्यलाई विश्वकै सर्वोच्च शिखर सगरमाथासँग जोड्न लागेको बताए। उनले साहित्यकार सगरमाथा चढ्ने काम पहिलो हुने बताउँदै भने, ‘सगरमाथा पुगेर केही विश्व कीर्तिमान राख्ने योजना छ। जसमा दुई कृति विमोचन गर्ने, एउटा कविता वाचन गर्ने, शैव सभ्यता भएको देश नेपालको ओम् शब्द त्यहाँ पुर्‍याउने काम हुनेछ।’ यसैगरी, गौतम बुद्ध, लुम्बिनी, पशुपतिनाथको फोटो पनि सगरमाथा पुर्‍याउने काम हुनेछ।

सापकोटाका अनुसार, यसअघि मेची–काली साहित्यिक दौडका क्रममा मेची नदीको पानी र माटो अनि महाकाली नदीको पानी र माटोका साथै नेपालकै होचो भूभाग झापास्थित कचनाकवलको माटो पनि सगरमाथा पुर्‍याउने काम हुनेछ। राष्ट्रकवि माधव घिमिरे र वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको हस्ताक्षर भएको रामायणलाई पनि उनले सगरमाथाको टुप्पोमा पुर्‍याउनेछन्।

कुलपति उप्रेतीले सापकोटाले २०७० सालमा काभ्रेको बनेपामा भएको साहित्यिक कार्यक्रममा सगरमाथा चढ्ने उद्घोष गरेको स्मरण गरे। उनले भने, ‘साहित्यकार पनि सगरमाथा चढ्न सक्छन् र अनेक विश्व रेकर्ड कायम गर्न सक्छन् भन्ने बलियो प्रमाण पेश गर्न लागेका सापकोटाले नेपाल र नेपाली साहित्यलाई विश्वमा फैलाउनु सबैको गर्वको विषय हो।’

सापकोटाले यसअघि ६ हजार दुई सय मिटरको इम्जात्छे र ६ हजार ६ सय ५४ मिटर उचाईको मेरापिक आरोहण गरिसकेका छन्। उनले विश्वकै उत्कृष्ट कमाण्डो तालिम पनि लिइसकेका छन्। उनलाई प्रतिष्ठानका सदस्यसचिव डा. जगत उपाध्याय, प्राज्ञहरु दिनेशराज पन्त, डा. योगेन्द्रप्रसाद यादव, डा. उषा ठाकुर, डा. हेमनाथ पौडेल, डा. देवी नेपाल लगायतले शुभकामना दिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.