चौधरी उद्योग ग्राम क्षेत्रमा बम विष्फोट
परासी : चौधरी उद्योग ग्राम क्षेत्रमा बुधबार साँझ बम विस्फोट भएको छ। विस्फोटबाट कुनै क्षति भने भएको छैन।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा उद्योगपति विनोद चौधरीको चौधरी उद्योग (सीजी ग्रुप) सञ्चालनमा छ।
उद्योगको प्रमुख गेटको पूर्वतर्फ बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। स्थानीयहरूले शक्तिशाली आवाज आएकाले पेट्रोल बम विष्फोट भएको अनुमान गरेका छन्।
गेट नजिकैको खोल्सामा भएको विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
बिहीबार नेत्रविक्रम चन्द विप्लव समूहले बन्द आव्हान गरेका कारण सोही समूहले विष्फोट गराएको हुन सक्ने प्रहरीको शंका छ।