शैलुङ पर्यटन महोत्सव हुने

शैलुङ पर्यटन महोत्सव हुने

रामेछाप : रामेछाप र दोलखा जिल्लाको सिमावर्ती क्षेत्र शैलुङको प्रथम साँस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। मन्थलीमा बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मूल आयोजकले जानकारी दिएको हो।

रामेछापको दोरम्बा गाउँपालिका, दोलखाको शैलुङ र मेलुङ गाउँपालिकाले संयुक्त रूपमा वैशाख १३ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्न लागेको महोत्सवको पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ।

७० लाख खर्च अनुमान गरिएको महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषिजन्य सामग्री, जडिबुटी, चौरीगाईको दुधबाट बनेका विभिन्न परिकारलगायत अन्य व्यावसायिक प्रायोजनका स्टल रहनेछन्।

महोत्सवमा जानका लागि गन्तव्य मार्ग र नक्सासमेत तयार गरिएको छ। जसमा सिन्धुपाल्चोकको मुडे हुँदै ढुंगे खोला– खर्क भएर शैलुङ पुग्ने एउटा रुट हुनेछ भने मन्थलीदेखि खिम्ति–फुलासी–देवीटार हँुदै शैलुङसम्म अर्को रुट हुनेछ। तेस्रो रुट सित्खादेखि खाँडादेवी हँुदै शैलुङसम्मको सडक मार्ग तथा पैदल गन्तव्यहरू तोकिएका छन्।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल र मैलुुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले सम्बोधन गरेका थिए। उनीहरूले शैलुङ क्षेत्रको विकास, समृद्धि र विश्वव्यापी प्रचारप्रसारका लागि आफूहरूले महोत्सवको आयोजना गर्न लागेको बताए। महोत्सवमा स्थानीय झाँकी, विभिन्न जातजातिका भेषभूषा, मौलिक खानाका परिकार, जंगल सफारी, राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहने छ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, सांसद तारानारायण श्रेष्ठ, तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले शैलुङ क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन महोत्सव सफल हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.