लमहीमा क्रिकेट, घोराहीमा महिला फुटबल

लमहीमा क्रिकेट, घोराहीमा महिला फुटबल

दाङ : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेट प्रतियोगिता दाङको लमही क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको छ। 

प्रतियोगिताको उद्घाटन सांसद जयपुरी घर्तीले गरिन्। आठौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ ले जित दर्ता गरेको हो।

प्रदेश ५ सँगको खेलमा प्रदेश १ ले जित निकालेको हो। टस जितेर फिल्ड रोजेको प्रदेश १ ले ७१ रनको लक्ष्य पाएको थियो। 

प्रदेश नम्बर ५ ले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ७० रन बनाएको थियो। ७१ रनको लक्ष्य पच्छ्याएको प्रदेश १ ले १४.५ मा एक विकेटको क्षतिमा जित दर्ता गरेको हो। 

दोस्रो खेलमा प्रदेश २ विजयी 
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेल प्रदेश नम्बर २ ले जितेको छ। 

लमही क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६२ रनले हराउँदै प्रदेश नम्बर २ विजय भएको हो। टस जितेर गण्डकी प्रदेशले फिल्ड रोजेको थियो। प्रदेश २ ले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाउन सफल भयो। १ सय ३६ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ७३ रन बनायो। 

प्रदेश २ कि सरस्वती चौधरी उत्कृष्ट खेलाडी बन् । बिहीबारको खेल प्रदेश नम्बर १ र २ बीच बिहान र एपीएफ र प्रदेश ७ दिउँसो हुनेछ। 

यो प्रतियोगितामा कर्णाली प्रदेश बाहेक ६ ओटा प्रदेश विभागीय टिम एपीएफ सँगै सात टिमले भाग लिएका छन्। 

बुधबारबाटै घोराहीमा महिला फुटबल प्रतियोगिता सुरु भएको छ। बुधबार बिहान घोराहीको भरतपुर मैदानमा फुटबलको उद्घाटन गरिएको हो। 

पहिलो खेलमा प्रदेश २ ले विजयी सुरुवात गरेको छ। सुदूर पश्चिम प्रदेशलाई ४-० गोलले पराजित गरेको हो। 
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.