काभ्रेमा बम भेटियो, सेना र प्रहरीद्वारा निष्कृय
बनेपा : नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव' नेतृत्वको (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको दिन बिहानै काभ्रेको पनौती नगरपालिका ७ मा शंकास्पद वस्तु भेटिएको छ।
पनौती मल्पी खोपासी जाने चोकमा दुईवटा बोराभित्र खतरा लेखी राखिएको शंकास्पद वस्तुलाई नेपाली सेना र नेपाल प्रहरीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बस्ती नजिक व्यस्त सडमा खतरा लेखी बोरामा तार बेरी राखिएको अवस्थाको शंकास्पद वस्तुलाई निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए। उनका अनुसार बोरामा बियरको सिसिलाई बोरा र तारले बेरेर त्रास फैलाउन नक्कली बम राखेको बताए।
जिल्लामा बन्दको कुनै प्रभाव नरहेको डिएसपी गिरिले जानकारी दिए पनि बम भेटिएपछि स्थानीय र यात्रु त्रसित भएका छन्। डिएसपी गिरिका अनुसार अरनिको र विपि राजमार्गमा यातायता सहज रुपमा सञ्चालन हुनुका साथै जिल्लाको मुख्य शहर बनेपा, धुलिखेल, पनौती, पाचँखाल र भकुण्डे बजारका पसलहरु खुल्ला रहेका छन्।
प्रतिक्रिया दिनुहोस !