मिठाईमा लामखुट्टे र झिंगा

मिठाईमा लामखुट्टे र झिंगा

जनकपुरधाम : जनकपुरस्थित हंसराज मिठाई कारखानाबाट उत्पादित मिठाईमा मरेका लामखुट्टे, माकुरा र झिंगा भेटिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले बुधबार बजार अनुगमन गर्दा अधिकांश होटेलमा अखाद्य वस्तु प्रयोग गरी मिठाई र खानेकुरा पकाउने गरेको फेला पारेको छ। नामचलेका मिठाई तथा नास्ता पसलमा यो समस्या देखिएको हो।

अनुगमनमा हंसराज मिठाई पसल र रघुपति मिष्ठान भण्डारमा अखाद्य मिठाई, ध्यू, तेल नेपालमै प्रतिवन्धित सागर गोल्ट पाउडर, दूध, हाईड्रो, रंग, फिटकिरीलगायतका सामग्री फेला परेको छ। 

हंसराजको कारखानाभित्र लुकाई राखेको प्रतिबन्धित दूधको बोरा, हाईड्रोका प्याकेट, रंग फिटकिरी, बदामको पिठोलगायतका सामग्री नियन्त्रणमा लिएको गुण प्रविधि तथा नियन्त्रण कार्यालय धनुषाका खाद्य निरीक्षक प्रविण तिवारीले जानकारी दिए। रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसको ध्यू, मिठाई र प्रयोग गरिएको तेलका सामग्री तत्काल नष्ट गरिएको थियो। ओम बेकरी एण्ड स्वीट्स हाउसमा उत्पादित पाउरोटीमा एक दिन अगावैको तिथिमितिमा उत्पादन मिति राखि सिल प्याक गरी बिक्री गरिएको पाइएको छ। 

उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरी कालोबजारी गर्नेविरुद्ध कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाईने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए। 

मदिराको नमूना संकलन

जनकपुरको मिल्स एरियास्थित जय श्रीराम डिस्ट्रीब्युटर्समा गरिएको अनुगमनमा प्याकिङ गर्न नमिल्ने प्लाष्टिकका बोतलमा मदिरा प्याक गरिएको भेटिएको छ।  रुसलान, मौसम, स्मुथसहितका लोकल ब्राण्डका मदिरा प्लाष्टिकका बोतलमा प्याक गरी बिक्रीका लागि राखिएको भेटिएपछि अनुगमन समितिले तत्काल नमूना परीक्षण गर्न प्रयोगशाल पठाएको छ। यस्तो मदिरा उत्पादन गर्ने कम्पनीलाई प्लाष्टिकजन्य पदार्थमा मदिराको प्याकिङ नगर्न सिफारिस गरिने अनुगमन समितिको तयारी छ। 

धनुषामा लोकल ब्राण्डका मदिरा सेवनबाट यो वर्ष सातजनाको ज्यान गएको छ भने एकदर्जन भन्दा बढी सिकिस्त बिरामी भइसकेका छन्। घरेलु मदिरा अखाद्य वस्तु प्रयोग गरी बनाउने र प्लाष्टिकको बोतलमा प्याकिङ गरी बिक्री गर्ने गरिन्छ। प्रशासनले अनुगमन नगर्दा अवैद्य मदिरा उत्पादनकर्ताको बिगबिगी बढेको छ। 

आयोगकी सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको बजार अनुगमनमा उपमहानगरपालिकाका मेयर लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, मानवअधिकार आयोगका क्षेत्रीय कार्यालय प्रमुख वीर मगर गुण प्रविधि नियन्त्रण कार्यालयको पनि सहभागिता थियो। 

बेलाबेला बजार अनुगमन भएपनि कालोबजारी गर्नेलाई कारवाही नहुँदा अखाद्य वस्तु बिक्रीकर्ताको मनोवल बढेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.