बन्दका कारण कर्णाली राजमार्ग अवरुद्ध

बन्दका कारण कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट : प्रतिबन्धित नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण कर्णाली राजमार्ग ठप्प भएको छ। बन्दमा गाडी चलाउदा बिच बाटोमा अफ्ठ्यारो पर्ने डरले विहीबार कर्णाली राजमार्ग बन्द भएको हो।

नेकपाको बन्दका कारण कालिकोटबाट सुर्खेत, जुम्ला र मुगु लगायतका ठाँउमा जाने सवारी साधनहरु कालिकोटमै थन्कीएका छन्। जसका कारण कालिकोट जिल्लाबाट बाहिर जाने तथा बाहिर जिल्लाबाट आएका यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन्।

कर्णाली राजमार्गमा कुनै पनि ठाँउमा बिप्लवका कार्यकर्ताहरु नहुँदा पनि बीच बाटोमा ढुंगा हान्छन की भन्ने डरले गाडीहरु नचलाएको गाडी स्टाफहरुले बताएका छन्। गाडीका स्टाफ दिपक बिकले सडकमा बन्दकर्ताहरु नभएपनि बिच बाटोमा समस्या परिहाल्छ की भनेर गाडी र यात्रुको सुरक्षाका लागि रोकिएको बताए।

सुरक्षा व्यवस्था कडा

जिल्ला प्रहरी कार्यालय निमित्त प्रमूख हरिबहादुर बस्नेतले नेकपाको बन्दलाई लक्षितत गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाईएको जानकारी दिए। उनका अनुसार जिल्लाका सबै स्थानिय तहमा रहेका प्रहरी युनिटका साथै जिल्ला सदरमुकाममा गस्ती सुरु गरिएको हो।

‘बन्दका कारण कर्णाली राजमार्ग बन्द छ। उनले कर्णाली राजमार्गमा संचालन हुने सवारी साधन तथा यात्रुहरुको सुरक्षको लागि आफुुहरुले प्रहरी टोली खटाएको भएपनि गाडीवालाहरुले स्वईच्छिक रुपमा नचलाएको बताए। 'यातायात समितिले गाडी चलाउन खोजे प्रहरीलिे स्कटिङ गरेर पनि यातायात संचालन गर्छौं’ प्रहरी निरिक्षक बस्नेतले भने,‘कोही कसैले पनि गाडी नचलाएकाले राजमार्ग प्रभावित भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.