भक्तपुरमा सवारी दुर्घटना : एकको मृत्यु, तीन घाइते

भक्तपुरमा सवारी दुर्घटना : एकको मृत्यु, तीन घाइते

भक्तपुर : अरनिको राजमार्गको भक्तपुरस्थित सूर्यविनायक नपा ९ नलिञ्चोक सडकखण्डमा गएराति बस र ट्रिपर ठोक्किँदा बसका सहचालकको मृत्यु भएको छ। त्यस्तै बसका चालक र ट्रिपरका चालक तथा सहचालक गरी तीनजना घाइते भएका छन्।

काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ नम्बरको भाडाको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४८१५ नम्बरको ट्रिपर एकापसमा ठोक्किएको थियो।

यात्रु नभएको भाडाको बसका सहचालक सिन्धुपाल्चोकको चौतारा सागागढी ३ बतासे बस्ने ३२ वर्षीय रमेश भण्डारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका अनुसार बसका चालक बतासेकै २४ वर्षीय  सन्तोष थापा गम्भीर घाइते भएका छन्।

त्यस्तै ट्रिपर चालक सिन्धुपाल्चोककै लिशंखु पारख गाउँपालिका ७ घर हुने २८ वर्षीय देवकुमार श्रेष्ठ र सहचालक मकवानपुरको बकैया ८ घर हुने २३ वर्षीय कृष्णबहादुर ठकुरी घाइते भएका छन्।

घटनालगत्तै चारजनालाई उपचारको लागि भक्तपुरको मध्यपुर अस्पताल ठिमी लगिएको थियो। अस्पतालले बस चालक र सहचालकलाई थप उपचारको लागि गएराति नै ललितपुरस्थित मेडिसिटी अस्पताल रिफर गरिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

मेडिसिटी अस्पतालमा उपचारकै क्रममा सम्बन्धित चिकित्सकले बसका सहचालक भण्डारीलाई मृत घोषणा गरेको उनले बताए।
‘बस चालकको गम्भीर अवस्थामा मेडिसिटी अस्पतालमै उपचार भइरहेको छ’, प्रवक्ता पोखरेलले भने, ट्रिपरका चालक र सहचालकको भने मध्यपुर अस्पतालमै उपचार भइरहेको छ।’

उनका अनुसार दुवै सवारीसाधन चल्नसक्ने अवस्था छैनन्। त्यसैले र्या‍करले निकाली घटनास्थल नजिकै  सडक किनारमा राखिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर परिसरले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.