मोरङमा १७ थान हतियार बुझाइयो

मोरङमा १७ थान हतियार बुझाइयो

विराटनगर : गृहमन्त्रालयले हतियार बुझाउन दिएको समयभित्र मोरङमा १७  थान हतियार बुझाइएको छ। बुधबारसम्ममा सानाठूला गरी १७ थान हतियार बुझाएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिइन्। 

२०७५ साल चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर गृहमन्त्रालयले हतियार बुझाउन निर्देशन दिएको थियो।  बुझाएका हतियारमा भरुवा र २ नाले बन्दुक छन्। 

हतियार नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय उर्लाबारी, बेलबारीलगायतका सुरक्षा निकायको कार्यालयमा बुझाएको हो।

  
मोरङ जिल्लामा ७ सय २३ जनाको नाममा  हतियार दर्ता रहेकोमा म्याद भित्र दुई सय १७ वटा मात्र हातहतियारको नविकरण भएको जिल्ला प्रशासन कार्यालय  मोरङका नायब सुब्बा तुलसीप्रसाद पौडेलले जानकारी दिए।  

एकपटकलाई नेपाल सरकारले नविकरण नगरेका र अवैध रुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन गरेको हो। समयभित्र हातहतियार नबुझाए मुलुकी हातहतियार संहिता २०७२ बमोजिम कारबाही हुनेछ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.