७०० परिवारलाई ग्यास सिलिण्डर र चुलो
रौतहट : रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रभु साहले बिहीबार गुजरा नगरपालिकामा ग्यास सिलिण्डर र चुलो वितरण गरेका छन्।
बिहीबार गुजरा नगरपालिका ४ लक्ष्मीपुरमा सांसद साहले ७०० परिवारलाई ग्यास सिलिण्डर र चुलो वितरण गरेका हुन्।
चुनावमा गरेको प्रतिबद्धता अनुसार निर्वाचन क्षेत्र नम्वर ३ लाई धुँवा रहीत बनाउन ग्यास सिलिण्डर र चुलो वितरण गरिको साहले बताए।
कटहरिया, मौलापुर, गुजरा, फतुवा विजयपुर, गरुडा, देवाही गोनाही नगरपालिकाको ४४ वटा वडाका विपन्न परिवारलाई सिलिन्डर र चुलो वितरण भइरहेको छ।
दाउरा र गोवरको गुइठा बाल्दा धुँवाको कारण स्वास्थ्यमा असर गर्ने र धुवाका कारण महिलाहरू बढी जोखिममा पर्दै आएकोले अभियानलाई प्राथमिकतामा राखेको सांसद साहको भनाइ छ।
विभिन्न सहयोगीहरूबाट प्राप्त तथा सांसद विकास कोषबाट हालसम्म पाँच हजार भन्दा बढी परिवारलाई यो निर्वाचन क्षेत्रमा ग्यास वितरण गरिसकेको उनले बताए।
प्रदेश दुईका सबै जिल्लाका गरिव, दलित तथा विपन्न परिवारलाई निःशुल्क रुपमा ग्यास सिलिन्डर र चुलो वितरण गर्न सरकारले प्याकेज ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहेको समेत उनले बताए।