भन्सार लगातार ओरालो : वीरगन्जमा ६ महिनादेखि लक्ष्यभन्दा कम राजस्व संकलन

भन्सार लगातार ओरालो : वीरगन्जमा ६ महिनादेखि लक्ष्यभन्दा कम राजस्व संकलन

वीरगन्ज : मुलुककै मुख्य नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले ६ महिनादेखि राजस्व लक्ष्य भेट्न सकेको छैन। चैतमा १० अर्ब १ करोड ३ लाख ७८ हजार रुपैयाँ मात्र संकलन भएको छ। विभागले १५ अर्ब ४४ करोड ४५ लाख रुपैयाँको लक्ष्य दिएको थियो।

चैतको राजस्व संकलनमा अप्रत्याशित गिरावट आएको भन्सार अधिकृत गोपाल खत्रीले बताए। आयात कम भएकाले त्यसको असर राजस्व संकलनमा परेको उनको भनाइ छ। ‘चैतभन्दा पहिलेका पाँच महिनामा पनि लक्ष्य लगातार पूरा हुन सकेको थिएन’, उनले भने, ‘तर, चैतमा ६४ प्रतिशत मात्र राजस्व उठेको देख्दा हामीलाई आश्चर्य लागेको छ। किन अप्रत्याशित गिरावट भनेर हामी खोजीनीति गरिरहेका छौं।’

उनका अनुसार साउनदेखि चैतसम्म नौ महिनामा भारत तथा तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै ४५ अर्ब १ करोड मूल्यको सामान आयात भएको छ। अघिल्लो वर्षको चैत महिनामै ६३ अर्ब ९१ करोड मूल्यको सामान भित्रिएको थियो। विभागले जसरी लक्ष्य बढायो त्यसअनुरूप व्यापार नबढेकाले आयातमा कमी आई राजस्व लक्ष्य पूरा गर्न नसकिएको उनले सुनाए।

विभागले राजस्व असुलीको लक्ष्य बढी तोकेर पठाएको सूचना अधिकारी मनीष महतोले बताए। तर, बजारमा व्यापार/व्यवसाय घटेको असर राजस्व असुलीमा परेको उनको भनाइ छ। ‘विभागले ६ महिनायता पहिलेभन्दा ३० प्रतिशत बढाएर लक्ष्य दिएको छ’, उनले भने, ‘तर, व्यापार घटेको छ। मुलुकमा आर्थिक मन्दी पनि छ। जसका कारण भारत तथा तेस्रो मुलुकबाट आयात कमी आएकाले लक्ष्य भेटाउन नसकिएको हो।’

उनका अनुसार सबैभन्दा बढी राजस्व उठ्ने सवारी साधन र औद्योगिक कच्चा पदार्थको पैठारीमा कमी आएको छ। वार्षिक लक्ष्य पूरा गर्न गाह्रो हुने संकेत देखापरिसकेको उनले बताए। ‘फागुनदेखि अझ थपेर मासिक साढे १५ अर्बभन्दा बढीको लक्ष्य दिइएको छ’, उनले भने, ‘विभागले लक्ष्य बढाउँदै गएको छ तर सामानको पैठारी भने घट्दै गएको छ।’

फागुनमा १२ अर्ब ३४ करोड १९ लाख ३४ हजार राजस्व उठेको थियो। यो लक्ष्यभन्दा ३ अर्ब १० करोड २५ लाख ९३ हजार अर्थात् २० प्रतिशत कम हो। माघमा १० अर्ब ४१ करोड ८५ लाख ५ हजार मात्र संकलन भयो। यो लक्ष्यभन्दा ३ अर्ब ३० करोड ९९ लाख ६३ हजार (२४ प्रतिशत) कम हो।

पुसमा २ अर्ब ५३ करोड २८ लाख ७२ हजार (१९ प्रतिशत), मंसिरमा २ अर्ब १५ करोड ९ लाख ३० हजार (१६ प्रतिशत) र कात्तिकमा २ अर्ब ६६ करोड ७५ लाख ५५ हजार (२१ प्रतिशत) कम राजस्व संकलन भएको थियो। पुसमा ११ अर्ब १९ करोड ५५ लाख ९६ हजार, मंसिरमा ११ अर्ब ५७ करोड ७५ लाख ३८ हजार र कात्तिकमा ११ अर्ब ६ करोड ९ लाख १३ हजार मात्र उठेको तथ्यांकमा छ।

नौ महिनामा लक्ष्यभन्दा १४ अर्ब ४१ करोड ७५ लाख कम संकलन भएको छ। विभागले साउनदेखि चैतसम्म १ खर्ब २३ अर्ब ५५ करोड ६२ लाख ११ हजारको लक्ष्य दिएको थियो। तर, लक्ष्यभन्दा १४ अर्ब ४१ करोड ७५ लाख ९२ हजार (१२ प्रतिशत) कम अर्थात् १ खर्ब ९ अर्ब १३ करोड ८६ लाख १९ हजार मात्र राजस्व उठेको छ। साउनदेखि असोजसम्म भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.