जुत्ता-चप्पल उत्पादनमा निजी क्षेत्र

जुत्ता-चप्पल उत्पादनमा निजी क्षेत्र

नेपालमा जुत्ताको इतिहास लामो भए पनि चाहिनेजति प्रगति हुन सकेन। सरकारी स्तरबाट २०२२ सालमा पहिलोपटक बाँसबारी छाला जुत्ता कारखाना स्थापना भएको थियो। कच्चा पदार्थसहित छाला प्रशोधन कार्य पनि गर्दै आएको थियो। साथै जुत्ता पनि उत्पादन उक्त कारखानाले गर्दै आएको थियो। निजीकरणपश्चात् उक्त कारखाना अस्तित्वमा छैन। अब त देशमा प्रशोधित छाला पनि विदेशबाट आयात गर्नुपरेको छ। निजी क्षेत्रले २०४० सालदेखि नेपालमा जुत्ता उत्पादन सुरु गर्दै आएको छ। २०४९ सालमा बाँसबारी छाला जुत्ता कारखाना निजीकरण भएपछि जुत्ता तथा चप्पल उद्योग नै धराशयी भयो।

पछिल्ला वर्षमा देशभर जुत्ताचप्पल उद्योगमा झन्डै २० अर्ब रुपैयाँ लगानी भएको भनिएको छ। ९३२ वटा उद्योग घरेलु तथा साना उद्योग बिभाग र समितिअन्तर्गत ९३२ दर्ता छन्। १४० वटा लेडिज चप्पल उत्पादक, फेल्ट तथा परम्परागत सीपमा आधारित करिब दुई सय उद्योगका एकाइ छन्। यी उद्योगका वार्षिक उत्पादन क्षमता ११ करोड १९ लाख ७१ हजार जोर रहे पनि हाल वार्षिक ४ करोड ३९ लाख ५८ हजार ७ सय जोर मात्र उत्पादन भएको छ। नेपालमा खासगरी स्पोर्टस् सुज, क्याजुयल सुज, बच्चाका जुत्ताचप्पल, लेडिज जुत्ता तथा स्यान्डल ठूलो परिमाणमा विदेशबाट आयात भइरहेको छ। तैपनि नेपालमा पनि स्पोर्टस्, क्याजुयल, स्यान्डल, स्कुल तथा कलेज जुत्ता, पार्टी सुज, बुट उत्पादन भई आएका छन्।

नेपालमा वार्षिक रूपमा ३५ अर्बका जुत्ता तथा चप्पल बिक्री हुने अनुमान गरिएको छ। बजारमा बिक्री हुने जुत्ताको ६० प्रतिशत बजार स्वदेशी उत्पादनले ओगट्ने गरेको भनिन्छ। देश जुत्तामा आत्मनिर्भर तथा आयात प्रतिस्थापन हँुदै गएको देखिन्छ। देशमा सात करोड जोर जुत्ताचप्पलको माग छ तर तीमध्ये ४ करोड जोर मात्रै उत्पादन भएको छ। बाँकी अपुग आयातकै निर्भर रहनुपर्ने छ। नेपालमा पाँच वर्षअघिको तुलनामा जुत्ताचप्पलको खपत र मूल्य झन्डै दोब्बर भइसकेको छ। यस्तो अवस्थामा पनि आयात घट्नुको कारण स्वदेशी जुत्ताचप्पलको प्रयोग बढनु नै रहेको छ।

नेपाली ब्रान्डका जुत्ताको बजार बढ्दो छ। केही वर्षअघि नेपाली जुत्ता भनेपछि मन नपराउनेहरू पछिल्ला वर्षमा नेपाली जुत्ता–चप्पल किन्न थालेका छन्। नेपालमा कुनै पनि कम्पनीले लगातार पाँच वर्षसम्म उत्कृष्ट निर्यातकर्ता अवार्ड पाएको छ भने त्यो गोल्डस्टार जुत्ता नै हो।

उद्यमी तथा सरकारको पहल तथा सहकार्यमा राजधानीको दक्षिणकालीमा फुटवेयर औद्योगिक क्षेत्र बन्ने भनिँदै आएको छ। स्वदेशी जुत्ता उद्योगलाई एकै छानामुनि ल्याई व्यवस्थित बनाउन सरकारको सहयोगबाट निजी क्षेत्रले जग्गा खरिद तथा अरू पूर्वाधारका कार्य गर्दै आएको छ। औद्योगिक क्षेत्रलाई चाहिने सम्पूर्ण पूर्वाधार बाटो, बिजुली, पानी, ढल व्यवस्था सरकारले गर्ने भनिएको छ। नेपालमा बेलाबेलामा जुत्ताचप्पल तथा छालाजन्य वस्तुका औद्योगिक प्रदर्शनी हुँदै आएका छन्। यस्ता औद्योगिक प्रदर्शनीले उत्पादन गरेको वस्तुका पहिचान गराउँछ।

समयअनुसारको मागलाई ध्यान दिँदै उद्योगको पूर्वाधार तथा गुणस्तर विकास गरेमा जुत्ताचप्पलमा नेपाल आत्मनिर्भर बन्नेछ।

नेपाली जुत्ताको बजार विस्तारका लागि मात्र होइन सहजरूपमा पारखीहरूलाई उपलब्ध गराउने उदेश्यले देशभित्र वर्षभरि मेला लाग्ग्न थालेका देखिन्छन्। यस्ता मेलामा जुत्ताचप्पलका अलावा नेपालमा उत्पादित पेटी, ज्याकेट आदि वस्तुहरू प्रदर्शनमा राखिएको देखिन्छ। संस्थागत रूपमा ब्रान्ड प्रवद्र्धनको काम मेला आयोजना गर्दै गरिँदै आएको छ। २०५१ सालदेखि नेपाली ब्रान्ड प्रवद्र्धनको काम हुँदै आएको छ।

आर्थिक वर्ष २०७३–७४ मा भन्सार नाका हुँर्दै नेपाल आयात भएका तीन करोड ९१ लाख ३९ हजार सात सय ९४ जोर जुत्ता आयात भएकोमा २ करोड ९५ लाख ७६ हजार एक सय ६३ जोर अर्थात् ७५.५७ प्रतिशत जुत्ता एक सय रुपैयाँभन्दा कम मूल्यमा प्रतिजोर आयात भएको आधिकारिक तथ्यांकले देखाउँछ। त्यसैगरी ९० करोड ७४ लाख ४८ जोर अर्थात् २३.१८ प्रतिशत जुत्ता दुई सय रुपैयाँ प्रतिजोर आयात भएको छ। १.१३ प्रतिशत जुत्ता मात्र दुई सय रुपैयाँभन्दा माथिको आयात भएको छ।

भन्सार नाकाबाट चोरीनिकासी हुँदै आएको र कतिले भन्सार तिरी ल्याएको जुत्ताचप्पलमा पनि न्यून मूल्यांकन गरेर ल्याएकाले नेपाली जुत्ताचप्पल उत्पादन नै गर्ने व्यवसायी मर्कामा पर्दै आएको भनिन्छ। गोल्डस्टार जुत्ता नेपालबाट विगत १५ वर्षदेखि भारतमा निर्यात हुँदै आएको छ। यसको उत्पादनको ७० प्रतिशत निर्यात हुने गर्दछ। भारतको उत्तराखण्ड, हिमाञ्चल तथा उत्तरप्रदेशमा नेपाली छालाजुत्ताको उच्च माग रहँदै आएको छ। स्वदेशी जुत्ताचप्पलको बाह्य बजार माग बर्सेनि १५ देखि २० प्रतिशत बढ्दै आएको देखिन्छ।

नेपाली जुत्ता उद्योगमा ५५ हजारले प्रत्यक्ष रोजगार पाएका छन्। यो क्षेत्रले लगभग साढे दुई लाख व्यक्तिलाई रोजगार दिएको अनुमान छ। छालावस्तु उत्पादन क्षेत्रमा स्थापना भएमा थप १५ हजारले रोजगार पाउने सम्भावना देखिन्छ। पछिल्ला दशकमा फस्टाउँदै गएको स्वदेशी छालाजुत्ता उद्योगमा करिब ३० अर्ब रुपैयाँको लगानी भइसकेको छ। अहिले ठूलासाना ५ सयभन्दा बढी व्यवसायीले जुत्ताचप्पल उत्पादन गर्दै आएका छन्। यस उद्योगमा मजदुरले मासिक न्यूनतम १८ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्।

भन्सार छलेर आउने विदेशी जुत्ता रोक्ने हो र आयात प्रतिस्थापन गर्ने हो भने स्वदेशी उपभोक्तालाई स्वदेशी उत्पादन सस्तो पर्ने देखिन्छ। जुत्ता बनाउन आवश्यक पर्ने छाला नेपालमै तयार हुँदैनन्। विभिन्न पशुका काँचो छाला सस्तो मूल्यमा नेपालबाट निकासी गरिन्छ र विशेषगरी भारतमा प्रशोधन भएपछि त्यही छाला महँगोमा नेपाल आयात हुने गरेको देखिन्छ। छाला जुत्ता उत्पादनका लागि कच्चा पदार्थ आयात गर्दा भन्सार शुल्कमा पनि विभेद गरिँदै आएको छ। यस उद्योगका लागि क्षमता बढाउने, सबै उद्यमीलाई एउटै छानाभित्र ल्याउने, सीप विकास गर्ने, रोजगार बढाउने, कच्चा पदार्थको सुनिश्चितता गर्ने तथा भन्सारका समस्या सुल्झाउनेतर्फ लाग्न आवश्यक छ।

कतिपय कच्चा पदार्थ स्वदेशमा नै उत्पादन हुन्छ भने केही सामान आायात गरिँदै आएको छ। जुत्ताचप्पलको सोलदेखि लेदरसम्म विदेशबाट आयात हुने गरेको छ। स्वदेशी जुत्ता भनिए पनि ८० प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात गर्नु परिरहेको छ।

छालाजुत्ता व्यवसायमा ऋण प्रवाहका लागि पनि बैंक तथा वित्तीय संस्थाले छुट दिएका छ्रैनन्। तर यी उद्योगमा प्रवाह भएको ऋण उत्पादनमूलक क्षेत्रमा गणना हुने भएकाले बैंकहरूले बढी प्राथमिकता दिने गरेका छन्। तर यो क्षेत्रको ऋणको ब्याजदर बैंक र ऋणीबीचको आपसी मोलतोलमा तय हुँदै आएको भनिन्छ। विद्यमान अवस्थामा वार्षिक १२ देखि १५ प्रतिशतसम्म यस्तो कर्जा प्रवाह हुँदै आएको देखिन्छ। साथै यस क्षेत्रमा बिमाका लागि कुनै विशेष सुविधा छ्रन् तर प्रचलित बिमा शुल्कमा कम्पनीहरूले उद्योग व्यवसायका लागि बिमा गर्दै आएको छन्।

कच्चा पदार्थमा भन्सार दर कम गरे नेपाल छाला जुत्ता उत्पादनमा आत्मनिर्भर बन्न सक्छ। स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर सरकारले प्रयोगशाला, जनशक्ति विकास केन्द्र र कच्चा पदार्थका पर्याप्तता उपलब्ध गराउन सके जुत्ता निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सहज हुन जान्छ। उद्योगको पूर्वाधार तथा गुणस्तर विकास गर्ने, उपभोक्ताको ध्यानाकर्षण गर्नुपर्ने, समयअनुसार मागलाई ध्यान दिँदै गरेमा देश आत्मनिर्भर बन्नेछ। यसका साथै सरकारले जुत्ता व्यवसायलाई प्रोत्साहन गर्न सेवासुविधा दिँदै गरेमा यस व्यवसायले देश अर्थतन्त्रमा थप योगदान गर्ने हुन्छ।

रेग्मी व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्व नायब कार्यकारी निर्देशक हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.