संयोजक नहुँदा रोजगार कार्यक्रम अलपत्र

संयोजक नहुँदा रोजगार कार्यक्रम अलपत्र

ताप्लेजुङ : सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागु गरेपछि ताप्लेजुङ सिदिङ्वा गाउँपालिकाका अमर इधिङ्गो खुसी भए। गाउँमै केही गर्ने सोच बनाएका उनले तत्काल गाउँपालिकामै रोजगार सेवा केन्द्र खुल्ने र वडामै बरोजगारको विवरण संकलनका लागि फारम भर्नुपर्ने सुने। तर, रोजगारीको लागि आवेदन दिने म्यान सकिएको एक हप्ता भइसक्दासमेत रोजगार सेवा केन्द्र खुलेको छैन। 

‘अब केही काम पाइएला भनेर उत्साहित थिएँ,’ इधिङ्गोले भने,‘थाहै नपाई फारम भर्ने म्याद सकिएछ।’ केन्द्रले रोजगार संयोजक नपठाउँदा ताप्लेजुङका सात स्थानीय तहमा कार्यक्रम अलपत्र परेको छ। 

मुलुकभरका १८–५९ वर्ष उमेर समूहका बेरोजगारलाई रोजगारी उपलब्ध गराउने भन्दै घोषणा गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको निवेदन लिने मिति गत चैत्र २९ गते नै सकियो। ताप्लेजुङका अधिकांश यो कार्यक्रमबाट बञ्चित हुने भएका छन्। 

नौ स्थानीय तहमध्ये फुङलिङ नगरपालिका र पाथिभरा याङवरक गाउँपालिकामा मात्रै संयोजक छन्। तोकिएको मितिसम्म फुङलिङमा ८ सय ५० र याङ्वरकमा ७ सयले रोजगारका लागि फारम भरेका छन्। 
अन्यमा रोजगार सेवा केन्द्र खुलेको छैन। रोजगार संयोजक बिनै वडामा फारम पठाएका छन्। सिदिङ्वा र फक्ताङलुङ गाउँपालिकामा फारम नै पुगेको छैन। 

रोजगारको विषयमा सोध्ने धेरै आए पनि अहिलेसम्म काम नभएको सिदिङ्वाका उपप्रमुख जीवन ताम्लिङले बताए। ‘रोजगारको लागि जिज्ञासा राख्ने युवा धेरै छन्, उनीहरुलाई पर्खनुस् भनेका छौं,’ ताम्लिङले भने,‘रोजगार संयोजक छैनन्, बेरोजगार दर्ताको फारम पनि आएको छैन।’ 

फक्ताङलुङ–४ का पूर्ण लिम्बु पनि रोजगारको लागि निवेदन दिने ठाउँ नभएर अलमलमा छन्। निवेदन लिने काम गर्दै गर्नु भनेर आधिकारिक रुपमा कतैबाट परिपत्र नआएको फक्ताङलुङका सूचना अधिकारी कर्णहाङ नेम्वाङले बताए। 

फारम वडामा पठाएपनि कर्मचारी नहुँदा भर्न समस्या रहेको सिरिजंघाका प्रमुख टीकाराम गुरुङले बताए। केन्द्रले काम मात्रै थोपरेको तर कर्मचारी नपठाएको गुरुङको गुनासो छ। 
कार्यक्रम मार्फत् बेरोजगार व्यक्तिलाई एक सय दिन रोजगार दिने लक्ष्य छ। रोजगार दिन नसके न्युनतम पारिश्रमिकको आधा रकम निर्वाह भत्ताको रुपमा प्रदान गर्ने बताइएको छ। 

बेरोजगार युवाले काम गर्न चाहेको क्षेत्र फारममार्फत् छनोट गर्नुपर्ने फुङलिङका रोजगार संयोजक राजकुमार बानियाँले बताए। कृषि, सहकारी तथा पशु विकास, ऊर्जा सिंचाई तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाई, पर्यटन प्रवद्र्धन सडक यातायात, शिक्षा, युवा तथा खेलकुद, उद्योग, सूचना तथा सञ्चार प्रविध, उद्योग, स्वास्थ्य जस्ता क्षेत्र छनौट गर्न पाउने छन्। फारममा काममा खटिन चाहेको सम्भावित समयसमेत उल्लेख गर्नुपर्नेछ। 

वडाबाट फारम संकलन कार्य भइरहेको याङ्वरकका रोजगार संयोजक इक्साहाङ मेन्याङ्वोले जानकारी दिए। ‘अब कसले कुन क्षेत्र काम गर्न चाहेका छन् पहिचान गर्छौं,’ मेन्याङ्वोले भने,‘त्यसपछि सूची स्थानीय तहको रोजगार व्यवस्थापन सूचना प्रणालीमा इन्ट्री गर्छौं।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.