हावाहुरीले विद्यालय र स्वास्थ्य चौकीमा क्षति

हावाहुरीले विद्यालय र स्वास्थ्य चौकीमा क्षति

बेसीसहर : हावाहुरी र वर्षाले लमजुङको विभिन्न ठाउँमा क्षति पुर्या‍एको छ। विद्यालय र स्वास्थ्य चौकीको पर्खाल भत्काउनुका साथै छानो उडाएको छ। 

दोर्दी गाउँपालिका–४ नौथरसेरास्थित सनराइज बोर्डिङ स्कुलको ८ कोठे भवनको छानो उडाएको विद्यालयले जनाएको छ। मंगलबार आएको हावाहुरीले विद्यालयको छानो उडाउनुको साथै पर्खाल भत्काएको विद्यालयका सञ्चालक हरिशचन्द्र पण्डितले जानकारी दिए। 

हावाहुरीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए। उक्त विद्यालयमा कक्षा ५सम्म अध्ययन हुँदै आएको छ। पार्खाल र छानो भत्कँदा पठनपाठनमा समस्या भएको उनले बताए। 

हावाहुरीले क्व्होलासोंथर गाउँपालिका–७ स्थित भोजे स्वास्थ्य चौकीको छानो उडाएको छ। स्वास्थ्य चौकी इन्चार्ज राजेन्द्रबहादुर छत्यालका अनुसार ३ कोठे स्वास्थ्यचौकी भवनको छानो उडाएको हो। २ वटा कोठाको छानो उडाएको र एउटाको बाँकी रहेको उनले बताए। 

पानीले कम्प्युटर, औषधि, रजिस्ट्रार फाइल भिजेका छन्। बिजुलीको तार चुँडिएको छ। २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको उनले बताए। 

हावाहुरीले घरको छानो उडाएपछि राइनास र दोर्दीमा गरी दुईजना घाइते भएका छन्। प्रहरीका अनुसार हावाहुरीले राइनास नगरपालिका–८ का ४० वर्षीया सिरुमाया तामाङ घाइते भएका छन्। दोर्दी गाउँपालिका ६ का ५२ वर्षीया गम्मरसिंह तामाङ घाइते भएका छन्। दुवैजनाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार गरिएको डिएसपी यादव ढकालले बताए। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.