करेन्ट लागेर मृत्यु
राजविराज : बिजुली मिटरको तार जोड्ने क्रममा करेन्ट लागेर सप्तरीमा शुक्रबार एक जनाको मृत्यु भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका ११ इनरुवा बस्ने ६० वर्षीय विश्वनाथ यादवको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
डीएसपी भावेश रिमालका अनुसार करेन्ट लागेर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।