स्थानीयले वडाध्यक्ष र सदस्यलाई पाँच घण्टा थुने

स्थानीयले वडाध्यक्ष र सदस्यलाई पाँच घण्टा थुने

विराटनगर : विराटनगर महानगरपालिका–६ का वडाअध्यक्ष विजय कामतसहित वडा सदस्य र कर्मचारीलाई स्थानीयले शुक्रबार ताला लगाएर पाँच घण्टासम्म थुनेका छन्।

बिहान १० बजे नै वडा कार्यालयमा ताला लगाएर ३ बजेसम्म स्थानीयले जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय भित्रै थुनिदिएका हुन्। 

शुक्रबार दिउँसो ३ बजे कार्यालय समय सकिएपछि भने स्थानीयले ताला खोलिदिएका थिए। वडा कार्यालय नजिकै ८ जना सुकुम्बासीले ऐलानी जग्गामा बनाएको कच्ची घर बिहीबार अपरान्ह महानगरपालिकाले डोजर लगाएर भत्काएको विरोधमा स्थानीय आन्दोलित बनेका हुन्। 

प्रहरी र नगर रक्षकको सुरक्षा घेरामा घर भत्काइएको थियो। वडा भरीका सुकुम्बासी भेला भएर कार्यालयमा तालाबन्दी गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीलाई थुनेर दिनभर राखिदिँदा दिनभर वडाबाट हुने सेवा प्रवाह प्रभावित बन्यो। 

सेवा लिनका लागि पुगेका सेवाग्राही त्यत्तिकै फर्कनु पर्‍यो। भत्काएको घरको क्षतिपूर्ति र पीडितलाई आवासको व्यवस्थाको ग्यारेण्टी नभएसम्म आन्दोलन जारी रहने स्थानीय दिनेशकुमार कामतले बताए। उनले कुनै जानकारी बिनानै नगरपालिकाले सुकुम्बासीका घरमा डोजर लगाएका कारण आन्दोलन गर्नु परेको बताए। 

आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। स्थानीय बासिन्दा कामतले मेयर पराजुलीसहितको टोलीले समस्या समाधानका पहल गर्नु पर्ने माग पनि स्थानीयको रहेको बताए। 

वडा अध्यक्ष कामतले भनें महानगरले आफूलाई जानकारी नै नदिई सुकुम्बासीको घर भत्काएको बताए। कामतले भने, ‘डोजर लगाउंन थालेपछि मलाई जानकारी दिइयो।’ स्थानीयबासीले भने पूर्वसूचना नै नदिई घर भत्काएकाले महानगरपालिकाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिने बताएका छन्। 


मेयर भीम पराजुलीले नापजाँच गर्दा जग्गा सरकारी रहेको पाइएपछि त्यहाँ बनेका घर टहरा लगायतका संचरना भत्काइएको बताए। ‘जग्गा खाली गर्न २४ घण्टा समय दिइएको थियो। कोही कसैले पनि नमानेपछि बल प्रयोग गरेर भए पनि खाली गर्नु पर्ने स्थिति आयो,’ उनले भने, ‘महानगर सार्वजनिक जग्गा कब्जा गरेर बनाइएका संरचना भत्काउने अभियानमा छ। जस्तो सुकै अवरोध र विरोध भए पनि यो काम रोकिंदैन।’ 


  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.