बसको ठक्करबाट धादिङमा एकजनाको मृत्यु
![बसको ठक्करबाट धादिङमा एकजनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Girl-Dead-Body_20190207064318_iXTn7m5BVn.jpg)
धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–८ ससाहस्थित बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
धादिङेबेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख ८६६७ नम्बरको बसले माग्दै जोगी बनेर हिँड्ने एक स्थानीय ज्ञानबहादुर दाहालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश विष्टका अनुसार ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)