रोचकै रोचक
सन् २०१४ मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री पदमा निर्वाचित हुँदै गर्दा सामाजिक सञ्जालहरूमार्फत उनले सन् २००७ मा दिएको अन्तर्वार्ता ‘भाइरल’ भइरहेको थियो । अन्तर्वार्ता दिँदाताका मोदी गुजरातका मुख्यमन्त्री थिए । सन् २००२ को गुजरात दंगा, मुसलमानहरूप्रति गुजरात सरकारको असहिष्णुता, सर्वोच्च अदालतले गुजरातका मुख्यमन्त्रीले जनताको स्वास्थ्यमा गरेको लापरबाहीसम्बन्धी फैसला लगायतका विषयमा सोधिएका प्रश्नको जवाफ नदिएर मोदीले तीन मिनेटमै अन्तर्वार्ता टुंग्याएका थिए । मुस्किलले साढे तीन मिनेटको त्यो अन्तर्वार्ताका श्रव्यदृश्य मोदीका विपक्षीहरूले भरपूर उपयोग गरेका थिए ।
त्यसो त प्रधानमन्त्री बनेपछि मोदीले निकै कम संख्यामा मात्र अन्तर्वार्ता दिएका छन्् । तथापि उनी जब कुनै टेलिभिजन अन्तर्वार्ता दिन्छन््, सन्् २००७ को त्यो अन्तर्वार्ताको प्रसंग मानिसहरूले उप्काउन छोडेका छैनन्् । अहमदाबादमा मोदीसँग त्यो अन्तर्वार्ता लिएका थिए-भारतका चर्चित टेलिभिजन अन्तर्वार्ता कार्यक्रम प्रस्तोता करण थापरले ।
थापरको पाँचौं पुस्तक ‘डेभिल्स एडभोकेट, द अनटोल्ड स्टोरी’ उनका अघिल्ला चार पुस्तकभन्दा चर्चामा आउनुको प्रमुख कारण यसमा समेटिएका केही नवउद््घाटित प्रसंगहरू हुन््, जो आजसम्म पर्दापछाडि नै थिए ।
करण थापरलाई भारतको इलाइट क्लास पत्रकारभन्दा सहमत हुनेको कमी हुने छैन । भारतका चिफ अफ आर्मी स्टाफ जनरल प्राणनाथ थापरको घरमा तीन छोरीपछि जन्मेका छोरा करणको विद्यालय शिक्षा खातापिता परिवारका सन्तान पढाइने देहरादुनको द दुन स्कुल र पछि बेलायतकै स्टो स्कुलमा भयो । उच्च शिक्षाका लागि उनी बेलायतको क्याम्ब्रिज विश्वविद्यालय पुगे । क्याम्ब्रिज विश्वविद्यालयमा विद्यार्थीहरूको युनियन क्याम्ब्रिज युनियन सोसाइटीका अध्यक्ष बने । केही समय अक्सफोर्ड विश्वविद्यालय पढे । बेलायतकै ख्यातिप्राप्त टाइम्स पत्रिकाबाट पत्रकारिता सुरु गरे । नाइजेरियाका लागि टाइम्सका प्रतिनिधिका रूपमा काम गरे । बेलायतकै लन्डन विकेन्ड टेलिभिजनमा एघार वर्ष काम गरे ।
अनि सन्् १९९१ मा आफ्नै देश भारत फर्के । उनलाई भारत फर्केर पत्रकारिता गर्न उक्साउने व्यक्ति थिए-सञ्जय गान्धी । क्याम्ब्रिज पढ््दाताका उनका मिल्ने मित्र थिइन््-बेनजिर भुट्टो, जो समयान्तरमा पाकिस्तानकी प्रधानमन्त्री बनिन्् । अर्का साथी थिइन््-आन सान सुकी, जो धेरै वर्षको नजरबन्दीपश्चात्् अहिले म्यानमारकी विदेशमन्त्री छिन्् । अपवादबाहेक थापरको भारतमा सत्तासीन जुन कुनै परिवारसँग निकटवर्ती सम्बन्ध रह्यो । इन्दिरा गान्धीका छोरा सञ्जय हरेक दिनजसो थापरको घरमा आइरहन्थे । थापरकी दिदी शोभा र सञ्जयबीच बलियो भावनात्मक सम्बन्ध थियो । लालकृष्ण आडवाण्ीदेखि अटलबिहारी बाजपेयी, जयललितादेखि अमिताभ बच्चनको परिवारसम्म उनको निकट सम्बन्धले उनलाई इलाइट क्लासको पत्रकार भन्न कर लाग्छ ।
भुट्टो प्रधानमन्त्री र विपक्षी दलकी नेत्री हुँदा करणले दुवै पटक अन्तर्वार्ता लिएका थिए। पत्रकारको पेसागत धर्म निर्वाह गर्दै गर्दा कति बेला मित्रको भूमिका ओझेलमा पर्ने र दुवैबीच मतान्तर हुने तर अन्तर्वार्ता सकिएलगत्तौ भुट्टोले आइसक्रिम खुवाउन लगेका रोचक प्रसंगले पत्रकारले भोग्ने सम्बन्धका विविध रूप देख्न सकिन्छ।
थापरले ‘डेभिल्स एड््भोकेट’ आफैंले लेखेका होइनन्् । ‘ह्विम’मा आफूले बोल्दै आफ्ना सचिवलाई श्रुतिलेखन गराएका हुन्् । दुई सय पृष्ठको पुस्तक तयार गर्न पाँच महिना लागेछ । यसअघिका उनका चार कृतिमध्ये तीन कृति उनले विभिन्न अखबारमा लेखेका स्तम्भहरूका संकलन हुन्् । पहिलो पुस्तक ‘सन्डे सेन्टिमेन्ट््स’ ‘दी हिन्दुस्तान टाइम्स’मा हरेक आइतबार प्रकाशित हुने स्तम्भको संकलन हो । तेस्रो र चौथो पुस्तक ‘मोर साल्ट ड््यान पेपर’ र ‘अेतज आई लाइक इट’ स्तम्भहरूकै संकलन हुन्् भने दोस्रो पुस्तक ‘फेस टु फेस इन्डिया’ बीबीसीका लागि उनका अन्तर्वार्ताको संकलन हो । उनले आफ्नो जीवनबारे आफ्नो नियमित स्तम्भका विभिन्न टुक्रामा पनि लेखेको छन्् । तर ‘डेभिल्स एड््भोकेट’भने उनले आफ्नो जीवनलाई नै केन्द्रमा राखेर लेखेका छन्् ।
पुस्तकको उत्तराद्र्ध कथनमा उनले लेखेका छन््, ‘मैले मेरो करिअर अन्तिम अवस्थामा पुगेको र अब अवकाशमा बस्न यो पुस्तक लेखेको होइन । मलाई अझ पनि म धेरै वर्ष सक्रिय रहने छु भन्नेमा विश्वास छ । मलाई मेरो कथा भन्ने हुटहुटी पनि लागेको होइन । ...मेरो जीवन सकिएको होइन, अन्त्य अझै पुगेको होइन । यो पुस्तक लेख्न सकियो तर जीवन अझै बाँकी नै छ । म आउँदो भविष्यलाई निकै उत्साहका साथ पर्खिरहेको छु ।’
सुरुका केही खण्डमा करणले श्रीनगरमा आफ्नो जन्मले परिवारमा ल्याएको खुसी, परिवारको योजनामा आफ्नो जन्मले ल्याएको परिवर्तन, आफूलगायत आफ्ना तीन दिदीको स्याहार गरेकी घरमा काम गर्ने अबो, आफ्नो विद्यालय जीवन, विद्यालयका साथीहरू, रचनात्मक गतिविधिमा त्यति बेलाको सक्रियताबारे लेखेका छन्् । क्याम्ब्रिज विश्वविद्यालयमा पढ््दाताका युनियन सोसाइटीका सभापतिका रूपमा उनले विस्तार गरेको व्यक्तित्व र सम्पर्क भविष्यको पत्रकार जीवनमा कुनै न कुनै रूपमा सहयोगी भएको देखिन्छ ।
मानिसको जीवनका कतिपय बाटा संयोगको प्रतिफल हुने गर्छ । अक्सफोर्ड पढ््दै गर्दा उनले छवटा पत्रिकामा काम गर्ने उत्सुकता देखाउँदै पत्र लेखेका थिए ।
चारवटाले त उनलाई जवाफ फर्काउन आवश्यक ठानेन, एउटाले निकै अभद्र जवाफ फर्कायो भने टाइम्स पत्रिकाका सहायक सम्पादक चाल्र्स डगलस-होम उनीसँग कुरा गर्न तयार भए । टाइम्सका तिनै चाल्र्स थापरको पत्रकारिता जीवनको प्रस्थानबिन्दुका निर्देशक रहे । चाल्र्सकै मार्गनिर्देशनमा उनले नाइजेरियामा केही वर्ष रिपोर्टरको रूपमा काम गरे । नाइजेरियामा टाइम्सको रिपोर्टर भई काम गर्दै गर्दाको समयमा लन्डनमा बस्दै गरेकी निशासँगको भेट समयान्तर विवाहमा परिणत हुन्छ । तर इन्सेफ्लाइटिसका कारण निशाको वियोगान्तका भावुक प्रसड्ड पुस्तकमा समेटिएको छ ।
पुस्तकमा त्यसपछि भने थापरले आफ्नो पत्रकारिता जीवनमा लिएका उल्लेखनीय र अविस्मरणीय अन्तर्वार्ताका अन्तरकथा कथेका छन्् । आफ्नो पिताको हत्यापछि बेनजिर भुट्टोको राजनीतिमा प्रवेश, प्रधानमन्त्रीको पदभार, विपक्ष दलकी नेत्रीको भूमिका आदि सबै आरोहअवरोह थापरले दुई कोणबाट अवलोकन गरेका थिए-पहिलो एक जना पत्रकारका रूपमा र अर्को एक जना नजिकका मित्रको कोणबाट । भुट्टो प्रधानमन्त्री र विपक्षी दलकी नेत्री हुँदा करणले दुवै पटक अन्तर्वार्ता लिएका थिए । पत्रकारको पेसागत धर्म निर्वाह गर्दै गर्दा कति बेला मित्रको भूमिका ओझेलमा पर्ने र दुवैबीच मतान्तर हुने तर अन्तर्वार्ता सकिएलगत्तै भुट्टोले आइसक्रिम खुवाउन लगेका रोचक प्रसंगले पत्रकारले भोग्ने सम्बन्धका विविध रूप देख्न सकिन्छ ।
मानिसहरू टेलिभिजनमा अन्तर्वार्ता हेर्छन्् र सबैले आआफ्नो अनुकूलतामा आफ्ना अभिमत बनाउने गर्छन्् । तर, यो पुस्तकले त्यस्ता अन्तर्वार्ताभित्रका ‘अन्तर्वार्ता गर्भ’ प्रस्तुत गर्दा यसको पठन रोचक भएको छ । अमिताभ बच्चनसँगको अन्तर्वार्ताका क्रममा क्यामराको टेप बदल्दै गर्दा बच्चन स्वयं अमेरिकी अभिनेता वारन बेट्टीको विभिन्न महिलाहरूसँगको सम्बन्धबारे चर्चा गर्छन्् । अनपेक्षित रूपमा भएको सो चर्चालाई थापरले ‘विभिन्न महिलासँग आफ्नो सम्बन्धबारे प्रश्न सोधिदेओस््’ भन्ने बच्चनको मनशायको रूपमा बुझे । उनले त्यस्तै प्रश्न सोधे । सँगै बसेकी बच्चनकी श्रीमती जयालाई पनि त्यसबारे प्रश्न गरे । तर, अन्तर्वार्तापछि अमिताभले जयालाई गरेको रूखो व्यवहारले मानिसको मनोविज्ञानलाई प्रकट गर्न खोजिएको छ ।
अन्तर्वार्ताकै कारण लालकृष्ण आडवाणी र जयललितासँगको सम्बन्धमा आएको उत्तारचढाव, अटलबिहारी बाजपेयीको हार्दिकता, चन्द्रशेखरको सरलता, भीपी सिंहको बहुआयामिक व्यक्तित्व, परवेज मुसर्रफको वाकपटुता, क्रिकेट खेलाडी सचिन तेन्दुलकरको सौहार्दता, कपिलदेवको रुवाइ आदि प्रसंगले पत्रकारले लिने अन्तर्वार्ता दुई व्यक्तिबीचको कुराकानीभन्दा पर अरू धेरै थरी आयामको उद््घाटन पनि भएको निष्कर्षमा पुग्न सक्छौं । मानवअधिकारकर्मी अमाल क्लुनी र अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामासँगको अन्तर्वार्तासम्बन्धी प्रसंगमा करणले ती व्यक्तिका प्रचारमा ल्याइएको व्यक्तित्व र उनीहरूका व्यवहारबीचको अन्तर्विरोधबारे चर्चा गरेका छन्् । वाक्् स्वतन्त्रतालाई आफ्नो मूल मन्त्र बनाएका ती व्यक्तिले आफ्नै अन्तर्वार्तालाई भने सेन्सर गरी प्रसारण गर्ने चाहना र अन्तर्वार्तामा सोधिएका प्रश्नको जवाफ दिन गरेको कञ्जुस्याइँले कतिपय व्यक्तिका व्यक्तित्व भनिएका र प्रचार गरिएभन्दा फरक हुने वास्तविकलाई देखाउन खोजिएको छ ।
भारतमा निकै चर्चित बनेको यो पुस्तकले भारत र पाकिस्तानमा विभिन्न समयमा सत्तामा रहेका व्यक्तिहरूका व्यक्तित्वसँग सामान्यत : औपचारिक रूपमा उजागर नहुने कुरा थापरले आफ्नो पुस्तकमा आफ्नो बुझाइका रूपमा प्रकाशमा ल्याएका छन्् ।
सन् २००७ कै अन्तर्वार्ताको बदलास्वरूप अहिले भारतीय
जनता पार्टीका कोही पनि प्रवक्ता र नेतालाई करण थापरको कार्यक्रममा अन्तर्वार्ता दिन गरेको ‘निषेध’का प्रसंगले भारतको आजको नेतृत्वको अप्रजातान्त्रिक मनस्थिति व्यक्त भएको छ । पुस्तक नेपालकै टेलिभिजन पत्रकारितामा लागेका पत्रकारका लागि उपयोगी हुने देखिन्छ ।