बोधविक्रम, यदुनाथ र अबिचुअरी

बोधविक्रम, यदुनाथ र अबिचुअरी

तीन अंकअघिको ‘अन्नपूर्ण फुर्सद’मा मैले छोटो आत्मसमीक्षात्मक आलेख ‘लाजै भो !’ लेखेको थिएँ । उक्त आलेखको टुंग्याउनीतिर मैले बोधविक्रम अधिकारीको प्रसंग उप्काएको थिएँ । गोरखापत्रको ‘फोसा फोल्डर’ फुकाउने क्रममा तिनै बोधविक्रम पुन : देखा परे । यसपालि ‘अबिचुअरी’ को मूल विषय बनेर ।  

२००८ फागुन २४ गतेको गोरखापत्रको दोस्रो 

पातोमा यदुनाथ खनालले ‘अस्ताएको तारा’ शीर्षकमा बोधविक्रमबारे लेखेका रहेछन् । अलि पुराना पुस्ताका सुधी पाठकजनलाई यदुनाथको कुनै परिचयको खाँचो हुँदैन । तथापि, नयाँ पुस्ताका धेरैले उनको नाउँ नसुनेका पनि होलान् । यदुनाथ नेपालको साहित्य समालोचनाका पहिलो पुस्ताका त्रिमूर्ति (यदुनाथ, रामकृष्ण शर्मा र ईश्वर बराल) मध्येका एक त हुँदै हुन्, आधुनिक नेपालको कूटनीतिक इतिहासका मूल खामामध्येका पनि एक हुन् । यदुनाथबारे अहिले यत्ति नै । 

आफ्नो धारिलो कलमका लागि ख्यातिप्राप्त लेखक यदुनाथले बोधविक्रमलाई नेपाली नभका एक तारा (शीर्षक सम्पादकले जुटाएको हुनसक्छ) भनिसकेका र उनीबारे अलि लामै लेखिसकेकाले (तल) मैले धेरै चर्चा गरिरहन परेन । तथापि, एकादुई प्रसंग जोडिहालौं । 

बोधविक्रम अंग्रेजीमा एमए गर्ने पहिलो नेपाली हुन् भन्ने प्रसंग यदुनाथले उप्काएका छन् । आफ्नो अध्ययनपछि उनी अध्यापनतर्फ लागेको देखिन्छ । नेपालका उबेलाका प्रमुखतम् शिक्षण-संस्था दरबार स्कुलको लामो समय प्राचार्य रहनुका अतिरिक्त त्रिचन्द्र कलेजको प्राध्यापकसमेत रहे, बोधविक्रम । 
उनको साहित्य या अन्य विषयका ज्यास्तै रचना भएको 

देखिँदैन । उनका केही छोटाछोटा धार्मिक विषयवस्तुका लेख राणाकालीन गोरखापत्रमा छापिएका छन् । यी लेखले र खासगरी उनको महिला शिक्षासम्बन्धी टिप्पणीले उनलाई ‘पुरातनपन्थी’ किनारामै राख्छ । 

पद्मशमशेर प्रधानमन्त्री भइसकेपछि नेपालमा महिलालाई पनि शिक्षा दिन हुन्छ भनेर एक हिसाबले डोरेटो खुलेको थियो । बाटो खुलेपछि महिलालाई के शिक्षा दिने, कस्तो शिक्षा दिने, कतिसम्म पढ्न दिनेजस्ता विषयमा बहस चर्कियो, जसबारे मैले अन्यत्रै लेखिसकेको छु । सोही बहसमा भाग लिँदै बोधविक्रमले लेखे, ‘...पुरुषहरूले वेद पढेर त लछारपाटो लाए, अब स्त्रीहरूले पढेर के के गर्ने हुन् !’ 

लेख छापिएपछि महिलाहरूको तीव्र प्रतिक्रिया आयो । प्रतिक्रियाबाट बोधविक्रम तिलमिलाए । उनले ती आलोचकहरूलाई महिलाको खोल ओढेका अथवा सारी लगाएका पुरुष देखे । अहिलेको भाषामा भन्ने हो भने उनी ‘दक्षिणपन्थी प्रतिक्रियावादी’ ठहरिए । यद्यपि, नेपालको पहिलो महिला कलेजको प्राचार्य भएकाले र कन्या स्कुल सञ्चालनमा समेत बोधविक्रम संलग्न रहेकाले उनलाई ‘प्रतिक्रियावादी’को जामा पहिर्‍याइदिन नहुनेतर्फ यदुनाथले वकालत गरेका छन् । 
बोधविक्रमको मुख्य कृति भनेको ‘नेपाली दन्त्यकथा संग्रह’ हो । पहिले नेपाली भाषा प्रकाशिनी समिति र पछि साझाले प्रकाशन गरेको यो पुस्तक अझै चलनचल्तीमा छ । यो संग्रहलाई सरल भाषाको गतिलै कृति भनेर यदुनाथले सहर्‍याएका छन् । 

यदुनाथको आलेखमा महिमामण्डन मात्र गरिएको छैन, व्यत्तिाm र कृतिलाई समालोचना गरिएको छ । अनि यो लेखले यदुनाथको कलमको ओज केही दर्शाउँछ, आफ्नै गुरुको अबिचुअरी भए पनि लेखकले अतिप्रशंसा गरेका छैनन् । 

१९९७ वैशाख २८ गतेको गोरखापत्रमा सो पुस्तकको एउटा विज्ञापन र समालोचना छापिएको छ, जसमा लेखिएको छ, ‘नेपाली भाषा प्रकाशिनी समितिबाट जनताको रुचि विचार गर्न प्रकाशित हुन लागेका २४ पुस्तक मध्येको यो एक पुस्तक हो । यसमा किसिम किसिमका उपदेशप्रद र मन बहलाउने कथाहरूको संग्रह गरिएको छ, घरमा बसी आफ्ना बालबच्चाहरूका साथ दिल बहलाउ गर्ने र तिनीहरूको बुद्धिलाई विकाशित गराउन चेष्टा गर्ने हरएक गृहस्थीले एक प्रति घरमा राखी यसबाट आनन्द लिनु र लाभ उठाउनु उचित छ ।’ (हेर्नुहोस् सँगैको छवि)
बोधविक्रमउपर लेखिएको यदुनाथकृत आलेखको महत्ता 
भनेको यो नेपाली भाषामा लेखिएका प्रारम्भिक ‘अबिचुअरी’ 

मध्येको हो । गोरखापत्रमै शासक परिवारको मृत्यु हुँदा छोटा-छोटा शोक-समाचार-कम-अबिचुअरी छापिएका छन् । त्यस्तै, केही अरूको (विदेशीको समेत) जीवनी र शोक-समाचार त्यहाँ 
प्रकाशित छन् । 

कमलमणि दीक्षितका अनुसार शिरोमणि आचार्य दीक्षितको जीवनीसहितको अलि लामै मृत्यु-समाचारले १९५८ सालको गोरखापत्रमा स्थान पाएको थियो । त्यस्तै १९६३ साल चैत २६ को गोरखापत्रमा सर्दार छविलाल उपाध्याय सुरीको जीवनीसहितको मृत्यु-समाचार ‘महाशोक’ शीर्षकमा छापिएको छ । सो अप्राप्य सामग्रीउपर कमलमणिले लेखेको रचना उनको पुस्तक ‘शाखासन्तान’मा छापिएको छ, जसमा सो सामग्रीलाई पुन :मुद्रणसमेत गरिएको छ । 

तर, यी सामग्रीभन्दा अलि भिन्न छ, बोधविक्रमको अबिचुअरी । यो शोक-समाचारका रूपमा छापिएन र यसको लेखन पनि पत्रिकाको सम्पादन समूहबाट भएन, बाहिरिया लेखकबाट भयो । त्यस्तै यो आलेखमा महिमामण्डन मात्र गरिएको छैन, व्यक्ति र कृतिलाई समालोचना गरिएको छ । अनि यो लेखले यदुनाथको कलमको ओज केही दर्शाउँछ, आफ्नै गुरुको अबिचुअरी भए पनि लेखकले अतिप्रशंसा गरेका छैनन् । 
अब पढौं, सो अबिचुअरी जस्ताको तस्तै । नबुझिने ठाउँमा कोष्ठकभित्र प्रश्नवाचक राखिएको छ ।  

@ parajulilr समाजशास्त्री हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.