मोबाइलले बिगार्ला स्वास्थ्य
मोबाइल फोन अहिले सबैका हातमा छ्यापछ्याप्ती देखिन्छ। जीवन पद्धति नै बन्न पुगेको मोबाइलको लोकप्रियता बढ्दो छ। अमेरिकाको इनभाइरोमेन्ट हेल्थ ट्रस्टले विश्वमा भएका अध्ययनका आधारमा ल्यान्डलाइन प्रयोगकर्ताको तुलनामा मोबाइल प्रयोगकर्तालाई ५ गुणा बढी स्वास्थ्य जोखिम रहेको तथ्य सार्वजनिक गरेको छ।
मोबाइलको धेरै प्रयोगकर्तामा १० देखि ५ सय गुणा बढी ट्युमर र क्यान्सर हुने जोखिम रहेको तथ्य सार्वजनिक भएको छ। मोबाइल फोनका विकिरण छाला, मस्तिष्क तथा शरीरका अन्य कोषका लागि थप हानिकारक हुन्छन्। मोबाइलकै कारण मस्तिष्कको क्यान्सर हुनेको संख्या दशकमा हजार गुणाले ह्वात्तै बढ्ने उक्त अध्ययनमा पाइएको छ।
विकीरण निरन्तर पर्दा उत्पन्न हुने समस्यामा चर्को रूपमा टाउको दुख्ने, दृष्टि कमजोर हुने, स्नायु, मुटुसम्वन्धी रोग, वीर्यको संख्या र गुणस्तरमा कमी, नपुंशकता, छालाको क्यान्सरलगायत पर्छन्। मोबाइल प्रयोगकर्ता वर्ष मा ११ हजार मिनेट विकिरणसँग खेलिरहेका हुन्छन्। आगामी ३ वर्षमा सेलफोनबाट निस्कने तरंगले ब्रेन क्यान्सरलगायत समस्याबाट विश्वभरका मोबाइल प्रयोगकर्ता साढे ४ अर्ब व्यक्तिलाई चपेटामा पार्ने अमेरिकी वैज्ञानिकले चेतावनी दिएका छन्।
कसरी उपयोग गर्ने
– मोबाइलको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउने।
– गुणस्तरयुक्त मोबाइल प्रयोग गर्ने।
– अत्यावश्यक भए मात्र मोबाइल प्रयोग गर्ने।
– कुराकानीभन्दा एसएमएसबाट काम चलाउने
– सकेसम्म ल्यान्डलाइन फोनको प्रयोग गर्ने।
– बढी समय खप्ने ब्याट्री प्रयोग गर्ने।
– ब्लुटुथ, वायरलेसजस्ता डिभाइसको प्रयोग नगर्ने
– मोबाइल खल्तीमा भन्दा ब्याग वा मेचमा राख्ने।
– खल्तीमा राख्नुपरे छातीको देव्रेतिर नराख्ने।
– पाइन्टको पछाडितिर राख्ने।
–सुत्दा सिरानीतिर नराख्ने।
– मोबाइलको प्रयोग एउटै कानबाट मात्र नगर्ने।
– देब्रे कानको प्रयोग बढी गर्ने।
– १४ वर्ष मुनिका बच्चालाई मोबाइलदेखि टाढै राख्ने।
– मोबाइल बिक्रीवितरणमा उमेरको मापदण्ड हुनु आवश्यक छ।
– ३० सेन्टिमिटर टाढा राखेर मोबाइलमा कुराकानी गर्ने।
(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्)