करार शिक्षक नियुक्त गर्ने बाटो खुला

करार शिक्षक नियुक्त गर्ने बाटो खुला

काठमाडौं : आन्तरिक प्रतिस्पर्धामा अनुत्तीर्ण भएर वा सेवा अवधि गणना गरेर पैसा लिएर गएका शिक्षकका कारण दरबन्दी रिक्त रहेको ठाउँमा करार शिक्षक नियुक्त गर्न सामुदायिक विद्यालयलाई बाटो खुला भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइलाई शुक्रबार पत्राचार गरेको हाे।

शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णय कार्यान्वयनका लागि केन्द्रले पत्राचार गरेको हो। शैक्षिक सत्र शुरु भएर पठनपाठन हुनै लाग्दा पनि केही विद्यालयमा शिक्षक अभाव हुने अवस्था आउन लागेका कारण यस्तो निर्देशन दिइएको केन्द्रले जनाएको छ। तर, अहिले रिक्त रहेको दरबन्दीमा अस्थायी शिक्षक नियुक्त गर्दा स्थायी दरबन्दीका शिक्षक आउने वित्तिकै अस्थायी शिक्षकले स्वत अवकाश पाउने व्यवस्था मिलाउन पनि केन्द्रले पत्रमार्फत् भनेको छ । 

अस्थायी दरबन्दीमा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर आयोगले केही बाहेक अधिकांशको नतिजा प्रकाशन गरिसकेको छ। स्थायी भएका शिक्षहरुको पद स्थापना पनि भइसकेको छ। स्थायी भएकाहरु अधिकांस पहिला कार्यरत विद्यालयमै हाजिर भएका छन्। तर, परीक्षामा अनुत्तीर्ण भएपछि धर फर्कनुपर्ने अवस्था आएका विद्यालयमा अर्को शिक्षक नियुक्त गर्ने की खुल्ला प्रतिस्पर्धाबाट छानिएर आएको शिक्षकलाई कुर्ने भन्ने अन्यौल यस्ता विद्यालयमा थियो। तर, खुल्ला प्रतिस्पर्धाबाट परीक्षा दिएकाहरुको उत्तरपुस्तिका परीक्षणको क्रममै भएका कारण तत्काल अन्तिम नतिजा आउने अवस्था छैन । यस्तो अवस्थामा शिक्षक नियुक्त नै नगरि बस्दा पढाइ प्रभावित हुने खतरा विद्यालयमा थियो।

अस्थायी दरबन्दीमा कार्यरतमध्ये आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण भएका १४ हजार शिक्षकको अन्तिम नतिजा प्रकाशन भएर पदस्थापना समेत भइसकेको छ । आन्तरिक प्रतिस्पर्धामा असफल भएका शिक्षकलाई सेवा अवधि गणना गरेर पैसा दिने शिक्षा ऐनमा व्यवस्थ छ । आन्तरिक प्रतिस्पर्धामा करिव दश हजार शिक्षक असफल भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.