३ वर्षीय बालकको जलेर मृत्यु
बागलुङ : जिल्लाको पश्चिम निसीखोलामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ। शनिबार निसीखोला गाउँपालिका २ छरछरेमा स्थानीय बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ वर्षीया छोरा विशाल सुनारको जलेर ज्यान गएको हो।
गोठमा बालबालिका मात्रै रहेको अवस्थामा अचानक आगलागी हुँदा उक्त घटना भएको निसीखोला गाउँपालिका २ का वडा अध्यक्ष कुवीर विकले जानकारी दिए।
गोठ जलेर नष्ट हुँदा मानवीय क्षतिसहित तीन लाख बराबरको क्षति भएको अध्यक्ष विकले बताए।
आगोलाई स्थानीयले नियन्त्रणमा लिएका छन्। घटना पश्चात इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।