जबरजस्ती करणी आरोपमा वृद्ध पक्राउ
स्याङ्जा : १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक वृद्ध पक्राउ परेका छन्। विरुवा गाउँपालिका ५ बस्ने ती वृद्धले १९ महिनाअघि र त्यसपछि पनि पटक पटक उनीमाथि जबरजस्ती करणी गर्दे आएको उजुरी परेको प्रहरीले बताएको छ।
दिउसो घरमा कोही नभएको मौका पारी २०७५ साल असोज २६ गते जबरजस्ती करणी गरेको र त्यसपछि पनि पटक पटकगरी पुस महिनासम्म करणी गर्दे आएको पीडितको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।
पीडित परिवारले वैशाख ३ गते उजुरी दिएका थिए। पटक पटक जबरजस्ती करणीपछि पीडितले दिएको उजुरीका आधारमा वैशाख ४ मा आरोपित वृद्धलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।
अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।