पाल्दोर हिमालको सफल आरोहण

पाल्दोर हिमालको सफल आरोहण

धादिङ : उत्तरी धादिङमा रहेको ५ हजार ९ सय ३ मिटर उचाइको पाल्दोर हिमालको सफल आरोहण भएको छ। ७ जना कोरियन र २ जना मंगोलियन र ५ जना नेपाली आरोहीले गणेश हिमाल छेउमा रहेको पाल्दोर (पाविल) हिमालको सफल आरोहण गरेका हुन्।

१६ जनाको टोली आरोहणको लागि गएपनि २ जना कोरियन नागरिक भने हाइक्याम्पबाट माथि जान सकेनन्। एशिया पर्वतारोहण महासंघले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा यस पटक नेपालका हिमाल आरोहण गर्ने गत वर्ष नै गरेको निर्णयका आधारमा प्याल्दोर हिमाल छनोट गरी आरोहणको निर्णय गरेको गणेश हिमाल पर्यटन विकास समितिका पूर्वअध्यक्ष एवं उत्तरी धादिङका स्थानीय कुलबहादुर गुरुङले जानकारी दिए।

आरोहण टोलीले पाल्दोर हिमाल चुचुरोमा पर्यटन वर्ष २०२० को लोगो अंकित झन्डा र युनियन अफ एसियन अल्पाइन एसोसियसन (यूएएए) को झन्डा फहराएका हुन्। यूएएए टोलीले संयूक्त रूपमा आरोहण गरेको यो दोस्रो पटक हो। यसअघि सन् २०१० मा पाल्दोरमै संयुक्त आरोहण गरिएको थियो। हिमाल आरोहणका क्रममा आरोहीहरुले तीन सय किलो फोहोर पनि संकलन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.