एकता प्रक्रिया टुङ्गाउने अन्तिम कसरतमा नेकपा

एकता प्रक्रिया टुङ्गाउने अन्तिम कसरतमा नेकपा

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस मनाउने भएको छ। नेकपा केन्द्रिय सचिवालयको आयोजनामा सोमबार दिउँसो प्रज्ञाभवन कमलपोखरीमा स्थानापना दिवस मनाउन लागेको हो।

कार्यक्रमलाई अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ' प्रचण्ड', र वरिष्ठ नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी एकताको लामो समयपछि नेकपाले सम्पूर्ण तहको एकता टुंग्याउने कसरतमा जुटेको छ। जिल्ला कमिटीका अध्यक्ष र सचिव,पोलिटव्यूरो लगायतका कमिटीको नाम टुंगो लगाउन आइतबार पनि शीर्ष नेताबीच छलफल जारी रहेको छ।

स्थापना दिवसको अवसरमा पार्टी एकता प्रक्रिया टुङ्गाएको घोषणा गर्न भोली बिहानसम्म केन्द्रिय सचिवालयको बैठक बसेर अन्तिम रुप दिइने नेकपा स्रोत जानकारी दिएको छ। जिल्ला तहको एकताका लागि तत्कालीन एमालेभित्र ओली र नेपाल पक्षबीचमा नेतृत्व टकरावका कारण एकता प्रक्रियाले गति लिन सकेको थिएन। पार्टी एकता सम्बन्धित कमिटी–कमिटी बीचको एकता भएकाले निश्चित विधि बनाई गर्नुपर्ने अडानमा वरिष्ठ नेता माधव नेपाल रहेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल नेपाल पक्षलाई सहमतिमै लिएर एकता टुंगो लगाउने तयारीमा जुटेका थिए। पार्टीभित्र नेताहरुबीच  विवादको सन्देश जान नदिने गरी शीर्ष नेताहरु बीच संवाद जारी रहेको छ।

नेकपाभित्र ७७ जिल्लामध्ये एकता क्रममा ४५ पूर्वएमाले र ३२ जिल्लाको अध्यक्ष पूर्वमाओवादीले लिने गरि भागबन्डामा सहमति भइसकेको छ। विधानअनुसार नेकपाका जिल्ला कमिटीमा अध्यक्ष र सचिव दुई जना मात्र पदाधिकारी हुनेछन्। अध्यक्ष पूर्वएमालेले पाएको जिल्लामा सचिव पूर्वमाओवादी र पूर्वमाओवादीले अध्यक्ष पाएको जिल्लाको सचिव पूर्वएमालेले लिने सहमति ओली र दाहालबीच भइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.