मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना: २ को मृत्यु, १० गम्भीर (अपडेट)

मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना: २ को मृत्यु, १० गम्भीर (अपडेट)

सलाङघाट (धादिङ) : पृथ्वी राजमार्गको नौविसे मुग्लिन सडकखण्ड अन्र्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका -३ सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। 

काठमाडौंबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ४ ख १४१५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सडकबाट त्रिशुली नदीमा खसेको हो।दुर्घटनामा मृत्यु हुनेमा दोलखाका हरिवंश केशी र दोलखाकै पार्वती बुढाथोकी रहेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिए।

हरिवंशको घटनास्थलमै मृत्यु भएको हो भने पार्वतीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई भने मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ भने सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

काठमाडौंमा बस्ने दोलखालीले बस रिजर्भ गरी मनकामना दर्शनका लागि जाँदै गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.