अन्नपूर्णको ग्रुप सम्पादकको जिम्मेवारीबाट विजयकुमार बाहिरिए

अन्नपूर्णको ग्रुप सम्पादकको जिम्मेवारीबाट विजयकुमार बाहिरिए

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादकको जिम्मेवारीबाट पत्रकार विजयकुमार पाण्डे बाहिरिएका छन्। आइतबार अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालय तीनकुनेमा नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले संस्थामा नेतृत्वदायी भूमिकाका लागि पाण्डेलाई धन्यवाद दिए।

‘उहाँ ग्रुप सम्पादकको जिम्मेवारीबाट बाहिरिनुभएको छ’, बिदाइ कार्यक्रममा अध्यक्ष थापाले भने, ‘तर टेलिभिजनमा हामीसँगै सहकार्यमा हुनुहुन्छ।’

बिदाइ कार्यक्रममा पाण्डेले पुस्तक लेखन तथा एपीवन टेलिभिजनको मेगा सिरिज कार्यक्रमको प्रस्तुतिमा समय दिनुपर्ने भएकोले जिम्मेवारीबाट बाहिरिएको बताए। ‘पुस्तक र टेलिभिजनको नयाँ प्रयोगमा रुचि बढेकोले आफूलाई त्यता केन्द्रित गर्न खोजेको छु’, उनले भने, ‘यो अवसरका लागि संस्था र सबै सहकर्मी साथीहरुप्रति आभारी छु। मेरो योगदान टेलिभिजनमा रहिरहनेछ।‘

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले सहकार्यको अवसर मिलेकोमा धन्यवाद दिँदै आगामी यात्राका लागि शुभकामना दिए।

पहिलो पुस्तक ‘खुसी’ का लागि २०७१ सालको मदन पुरस्कार पाएका पाण्डे दोस्रो पुस्तक प्रकाशनको तयारीमा छन्। विजयकुमार २०७४ असोज २६ गते अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादक नियुक्त भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.