हावाहुरी प्रभावितलाई रेडियो अन्नपूर्णको सहयोग

हावाहुरी प्रभावितलाई रेडियो अन्नपूर्णको सहयोग

वीरगन्ज : चैत १७ गतेको विनशकारी हावाहुरीबाट प्रभावित गाँउका बालबालिकालाई रेडियो अन्नपूर्णले सहयोग गरेको छ। ‘मेरो देश, मेरो दायित्व’ नामक गैरसरकारी संस्थाको सहकार्यमा रेडियो अन्नपूर्णले हावाहुरीबाट प्रभावित गाउँलेलाई आइतबार  शैक्षिक सामग्री सहित लुगाकपडा वितरण गरेको हो। 

बाराको कलैया उपहानगरपालिका–१८ भरवलीयामा रहेको नेपाल राष्ट्रिय प्राविमा अध्ययनरत एक सय ६७ जना र फेटा गाँउपालिका ६ पुरैनियामा रहेको मदर्शामा अध्ययनरत ३३ जना बालबालिकालाइ स्कुल ब्याग, कापी, पेन्सिल इरेजर र उनिहरुका आमालाइ एक–एक थान साडी वितरण गरिएको हो। 

भरवलीयाको प्राथमिक विद्यालयमा दलित समुदायका विधार्थीहरु अध्ययनरत छन् भने पुरैनियाको मदर्शामा मुस्लिम समुदायका मात्रै बालिका र किशोरीहरु अध्ययनरत छन्। मेरो देश मेरो दायित्व नामक संस्थाका अध्यक्ष गंगा प्रसाद शर्मा नेपाली, उपाध्यक्षद्वय एस कार्की र नासीर खान  सहितको टोलीले दुवै विद्यालयमा पुगेर  बालबालिकाहरुलाइ शैक्षिक सामाग्री र साडी वितरण गरेको हो।

टोलीले भरवलीयाको विद्यालयमा खेलकुद सामाग्री पनि वितरण गरेको छ। हुरीले बाराका गाँउ नै ध्वस्त पारेका कारण शैक्षिक सामाग्रीको अभावमा बालबालिकाहरुको पठनपाठन प्रभावित भएको खबर सन्चारमाध्यममा सार्वजनिक भएपछि रेडियो अन्नपूर्ण र मेरो देश मेरो दायित्व नामक गैर सरकारी संस्थाले काठमाडौं विभिन्न दाताहरुबाट शैक्षिक सामाग्री र साडी संकलन गरेर आइतवार बालबालिकाहरुलाइ वितरण गरेको संस्थाका अध्यक्ष नेपालीले बताए। 

हुरीले प्रभावित दुवै गाँउका विद्यालयमा आइतवार करिब चार लाख  भन्दा बढि मुल्यको सामाग्री वितरण गरिएको उनले बताए। ‘पहाडमा भूकम्प आउदा मधेसले दिलोज्यानले सहयोग गरेको थियो’ उनले भने,‘अहिले मधेसमा हुरीको विपत्तीमा मधेसी दाजुभाइ परेको दुखद खबर सुनेपछि उनिहरुको घाउमा मलम लगाउन पाउदा आत्मसन्तुष्टि मिलेको छ।’ 

हावहुरी प्रभावितहरुलाई राहतमा विभिन्न दाताबाट थुप्रै सामाग्री पुगेपनि बालबालिकालाइ पढ्न शैक्षिक सामाग्री नभएको थाहा पाएर आफुहरुले दुइ सय बालबालिकाहरुलाइ विद्यालयमै पुगेर शैक्षिक सामाग्री वितरण गरेको संस्थाकी उपाध्यक्ष कार्कीले बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.