वार्ताका लागि सरकारले राप्रपालाई पठायो पत्र

वार्ताका लागि सरकारले राप्रपालाई पठायो पत्र

काठमाडौं : हिन्दुराज्य र राजतन्त्र र संघीयताबारे जनमतसंग्रहको माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारले वार्तामा बोलाएको छ। औपचारिक वार्ताका लागि कानूनमन्त्री भानुभक्त ढकालले राप्रपालाई सरकारको तर्फबाट आइतबार पत्र पठाएका छन्।

मन्त्री ढकालले सरकारले आफूलाई सरकारले वार्ताको जिम्मेवारी दिएको पत्रमा उल्लेख गरेका छन्। सरकारले बैशाख १० गते १ बजे सिंहदरवारमा राप्रपालाई वार्ताका लागि आउन आग्रह गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले वार्तामा बोलाउने सरकारको निर्णयको स्वागत गर्दै पार्टीका तर्फबाट वार्ता समिति गठन गर्न सोमबार कार्यसम्पादन समितिको बैठक बोलाइएको श्रेष्ठले जानकारी दिए। ‘आज मात्रै सरकारका तर्फबाट वार्ताका लागि आह्वानसहितको पत्र आएको छ, हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं' श्रेष्ठले भने,'भोली(सोमबार) दलको बैठक बसेर वार्ताका लागि कार्यदल बनाउँछौं।’

विभिन्न २२ बुँदे माग राखेर राप्रपा फागुन ७ गतेदेखि आन्दोलनमा छ। शनिबार पहिलो चरणको आन्दोलन सकिएको घोषणा गरेको राप्रपाले दोस्रो चरणका संघर्षका कार्यक्रम तय गर्न पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा कार्यदल बनाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.