जल पाइप्स एण्ड फिटिङ्स बजारमा
काठमाडौं : महालक्ष्मी वायर्स एन्ड केबल्सले नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स बजारमा ल्याएको छ। जल पाइप्स एण्ड फिटिङ्स अरिहान्त ग्रुपको विजनेश युनिट हो।
नक्सालस्थित मेरियट होटलमा आयोजित कार्यक्रममा अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङ्सकी ब्रान्ड एम्बास्डर मनिषा कोइराला पनि उपस्थित थिए।
ब्रान्ड नाम र टयागलाइन घोषणा गरेर मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गरे।
जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ। उत्पादन उद्देश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ।
जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले जल पाइप्स एण्ड फिटिङस ब्रान्डको अंग हुन पाएकोमा खुसी व्यक्त गरिन्।
अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले पाइप र फिटिङस क्षेत्रमा नयाँ ढंगले काम गर्न खोजिरहेको बताए।
अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ। अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट तीमध्ये हुन्।