श्रीलंका विस्फोट : राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

श्रीलंका विस्फोट : राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडौं : श्रीलंकामा भएको श्रृंखालबद्ध बम विष्फोटको घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले गहिरो दुःख व्यक्त गरेका छन्। 

राष्ट्रपति र प्रधानमन्त्री द्वयले नेपाली जनता तथा सरकारको तर्फबाट घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि र परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दै सयौं घाइतेको शीघ्र स्वास्थ लाभको कामना गरेका हुन्।

राष्ट्रपति भण्डारीले श्रीलंकाका समकक्षी मैथ्रिपाला सिरिसेनालाई र सार्क अध्यक्ष समेत रहेका ओलीले श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रम सिंघेलाई छुट्टाछुट्टै पत्र पठाई नेपाली जनता र सरकारले यस्ता मानवता विरोधी कार्यको घोर भत्र्सना गर्ने बताए। नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा हुने आतंकवादविरुद्ध सुरुवाती समयदेखि नै सहकार्य गर्दै आएको छ।

श्रीलंका आफ्नो आन्तरिक द्वन्द्वको समाधान गर्दै विकासको गतिमा अघि बढेको थियो। पछिल्लो समय राजनीतिक तनावमा परेको श्रीलंकाले पुनः मुलुकलाई गति दिने विश्वास भइरहेको अवस्थामा यस्तो  घटना भएकाे हाे ।

प्राविधिक तथा आर्थिक सहकार्यको लागि बंगलाको खाडीको प्रयास बिम्स्टेकको अध्यक्ष राष्ट्रसमेत रहेको श्रीलंका क्षेत्रीय सहकार्यमा जोड दिएरअघि बढिरहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.