पौडीमा गौरिकालाई दुई स्वर्ण र दुई कीर्तिमान

पौडीमा गौरिकालाई दुई स्वर्ण र दुई कीर्तिमान

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुदअन्तर्गतको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले एकै दिन दुई कीर्तिमानसहित दुईवटा स्वर्ण पदक जितेकी छन्। उनले महिला ५० मिटर ब्याकस्ट्रोक र महिला आठ सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेकी हुन्।

नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीको निर्माण सम्पन्न नभएका कारण सुर्खेत रोडस्थित होटेल सिग्नेट इन् कृष्णामा आइतबार आयोजना गरिएको पौडी प्रतियोगितामा गौरिकाले महिला ५० मिटर ब्याकस्ट्रोकको आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन्।

उनले आइतबार निर्धारित दूरी ३०.८५ सेकेन्डमा पूरा गरिन्। यसअघि सन् २०१८ मा काठमाडौंमा आयोजना गरिएको २२औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा उनले निर्धारित दूरी ३१.२२ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन्।

उक्त स्पर्धामा नेपाल पुलिस क्लबकी अनुष्का पोखरेल ३७.७८ सेकेन्डसहित दोस्रो र एपीएफ क्लबकी युस्का महर्जन ३९.६३ सेकेन्डसहित तेस्रो भइन्। यसैगरी गौरिकाले महिला आठ सय मिटर फ्रिस्टाइल स्पर्धामा निर्धारित दूरी नौ मिनेट ३९.२२ सेकेन्डमा पार गरिन्। उक्त स्पर्धामा आर्मी क्लबकै उपास्ती महर्जनले रजत र पुलिस क्लबकी समीरा शोभा थापाले कांस्य पदक हात पारे।

यसैगरी पुरुष ५० मिटर ब्याकस्ट्रोकमा एपीएफका तेन्जिङ गुरुङले ३२.८१ सेकेन्डमा दूरी पार गर्दै नयाँ कीर्तिमान कायम गरे। उनले सन् २०१४ मा कतारमा आयोजना भएको १४औं फिना वल्र्डकपमा मिराज महर्जनले बनाएको ३३.५७ सेकेन्डको कीर्तिमान तोडेका हुन्। उक्त स्पर्धामा प्रदेश ३ का जयन्तप्रकाश गुरुङ ३४.१३ सेकेन्डसहित दोस्रो र पुलिस क्लबका तरुण भण्डारी ३४.५९ सेकेन्डसहित तेस्रो भए।

पुरुष एक सय मिटर ब्रेस्टस्ट्रोकमा एपीएफका शुभम् श्रेष्ठले पनि नयाँ कीर्तिमान बनाए। उनले एक मिनेट ०८.१५ सेकेन्डमा निर्धारित दूरी पार गरे। यसअघि सन् २०१८ मा काठमाडौंमा आयोजना गरिएको २२औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा ०१.०८.३४ सेकेन्डको आफ्नै कीर्तिमान तोडेका हुन्। उक्त स्पर्धामा पुलिसका सैयद हमाज शाह दोस्रो र पुलिसकै दीपंकर अवाले तेस्रो भए।

पुरुष आठ सय मिटर फ्रिस्टाइलमा एनआरएनका नाथन दोर्जी शेर्पाले स्वर्ण, एपीएफका नासिर हुसेनले रजत र एपीएफकै उर्गेन महर्जनले कांस्य पदक जिते। महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी दुआना लामाले स्वर्ण, एपीएफकी टिसा शाक्यले रजत र आर्मीकी उपास्ता महर्जनले कांस्य पदक पाए।

यसैगरी महिला दुई सय मिटर बटरफ्लाई स्पर्धामा आर्मीकी दुआना लामाले स्वर्ण, एपीएफकी श्रीबी महर्जनले रजत र दिया स्थापितले कांस्य पदक हात पारे। पुरुष दुई सय मिटर बटरफ्लाईमा एनआरएनएका नाथन दोर्जे शेर्पाले स्वर्ण हात पारे। आर्मीका अनुभव सुब्बा र पुलिसका सैयद हमाज शाले क्रमशः रजत र कांस्यमा चित्त बुझाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.