ट्रम्पको सन्देश उत्तर कोरिया लान दक्षिणको प्रतीक्षा

ट्रम्पको सन्देश उत्तर कोरिया लान दक्षिणको प्रतीक्षा

सोल : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पठाएको सन्देश हस्तान्तरण गर्न आफू प्रतीक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले बताएका छन्।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अधिकारीका अनुसार त्यस्तो सन्देश दुबै नेताबीच हुने सम्भावित अन्तर-कोरियाली चौथो सम्मेलनका अवसरमा हस्तान्तरण गरिनेछ। अन्तर कोरियाली चौथो सम्मेलनको मिति अझै घोषणा भएको छैन।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले गोप्य स्रोतलाई उल्लेख गरी राष्ट्रपति मूनले ट्रम्पको सन्देश उत्तरसम्म पुर्‍याउन उपयुक्त समयको प्रतीक्षामा रहेको जनाएको थियो। 

मूनले राष्ट्रपति ट्रम्पलाई यसै महिनाको शुरुमा ह्वाइट हाउसमा भेटवार्ता गरेका थिए। उनीहरूको भेटका क्रममा अमेरिका र उत्तर कोरियाबीचको अवरुद्ध निःशस्त्रीकरण वार्ता पुनः शुरु गर्नेबारे छलफल भएको थियो।

‘यदि अन्तर–कोरियाली शिखर सम्मेलन भएमा उत्तर कोरियाली नेतासम्म राष्ट्रपति ट्रम्पको सन्देश हस्तान्तरण गरिनेछ’, राष्ट्रपति कार्यालयका अधिकारीले भने।

यद्यपि सन्देशमा रहेको व्यहोराबारे उनले कुनै कुरा उल्लेख गरेनन्। राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको हनोईमा गत फेब्रुअरीमा भएको दोस्रो शिखर वार्ता आणविक निःशस्त्रीकरण र उत्तर कोरियामाथिको प्रतिबन्धका विषयमा समझदारी बनाउन नसकी विफल भएसँगै दुबै मुलुकबीच आरोप प्रत्यारोप जारी छ।

यसै महिनाको शुरुमा उत्तर कोरियाली नेता किमले दिएको प्रमुख नीति भाषणमा अमेरिका कुनै नयाँ योजनाका साथ अघि आए राष्ट्रपति ट्रम्पसँग यसै वर्षको अन्त्यसम्म तेस्रो शिखर वार्ताका लागि तयार रहेको बताएका थिए। तर यस्तो प्रस्ताव प्योङयाङलाई पनि स्वीकार्य हुनुपर्ने किमको भनाइ छ।

नेता किमको उक्त धारणा सार्वजनिक भएयता उत्तर कोरियाले अमेरिकाविरुद्धको आलोचना तीव्र बनाएको छ। उत्तर कोरियाका वरिष्ठ कूटनीतिज्ञले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाको चाहना राम्रोसँग बुझ्दै नबुझी असान्दर्भिक प्रतिक्रिया दिएको बताएका छन्। 

उत्तर कोरियाले यसै सन्दर्भमा गतसाता सुधारिएको नयाँ हतियार परीक्षण गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.