बिस्कुटमा आत्मनिर्भर हुनसकिन्छ
नेविको सन् १९६४ मा स्थापना भएको नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो। नेपाल बिस्कुट एण्ड कन्फेक्सरी कम्पनी भनेर चिनिन्थ्यो। पछि नेविको भनेर छोटकरीमा नामाकरण गरिएको हो। सुरुमा कन्फक्सेरी उत्पादन हुन्थ्यो। केही वर्ष बन्द भयो। दुई वर्षदेखि पुनः सुचारु भएको छ।
नेविको भन्दाबित्तिकै एउटा बिस्कुट उत्पादन गर्ने ठूलो कम्पनी भनेर चिनिन्छ। नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी अहिलेसम्म मार्केटमा लिडर नै भएर बसेको छ। बिस्कुटमा पहिलो रोजाइमै छ र मार्केटमा पनि पहिलो नम्बरमा छौं।
बिस्कुट भनेर चिनाउने र खान सिकाउने नै नेबिको बिस्कुट हो। कस्तो बिस्कुट बनाएर दिनुपर्छ भन्ने अध्ययन गरेर अघि बढेका छौं। हाम्रो खर्च आरएमडी –रिसोर्च डेभपलमेन्ट)मा खर्च हुने गरेको छ। र त्यसपश्चात मात्र हामीले बिस्कुट उत्पादन गरी बिक्री वितरण गर्दछौं।
यसको फ्याक्ट्री कारखाना बालाजुमा छ। गत एक वर्षदेखि भैरहवामा फ्याक्ट्री कारखाना सुरु गरेका छौं। दुवै फ्याक्ट्रीबाट दैनिक २५ टन बिस्कुट उत्पादन गर्दै आएका छौं। विशेषतः यसको खपत नेपालका ७७ वटै जिल्लामा हुन्छ। हामीले प्रत्यक्षरुपमा विदेशमा निर्यात गर्ने गरेका छैनौं। तर अप्रत्यक्षरुपमा विदेश गइरहेको छ। अष्ट्रेलियाको मार्टमा बिस्कुट पाइएको साथीले फोटो पठाउनुभएको थियो। डिस्ट्रिब्युटर तथा एजेन्टले विदेश पठाएको हुन सक्छ। भारत, बंगलादेश, भुटान, अष्ट्रेलियामा पनि पुगेको थाहा छ। अन्य माध्यमबाट गएको देखिन्छ।
जुन तहको मूल्य उपभोक्ताले तिर्नुहुन्छ, त्यो अनुसारको क्वालिटी राम्रो छ। कस्टमर भ्यालू राम्रै छ हाम्रो बिस्कुटमा। विदेशीको तुलनामा मूल्य सस्तो छ तर गुणस्तर राम्रो छ। विदेशी उत्पादकले जे जस्तो क्वालिटी दिनुभएको छ, हामी पनि त्यस्तै खालको क्वालिटी दिइरहेका छौं। मूल्य अनुसार तुलना गर्ने हो क्वालिटी। डाइजेस्टिक बिस्कुट ५० देखि ७५ रुपैयाँमा बिक्री गर्छौ तर त्यहीँ गुणस्तरको विदेशी उत्पादन डेढ सयदेखि दुई सयसम्म पर्ने गरेको छ। मूल्य अनुसार तुलना गर्ने हो क्वालिटी। हामीले बिक्री गर्दैै आएको बिस्कुट मूल्य अनुसार उच्च गुणस्तरको नै हो।
हाम्रो देशभर एकसय २० वटा डिलरहरु छन्। यहाँबाट डिलर, डिलरबाट होलसेल, होलसेलबाट रिटेल हुदैँ बिस्कुट बिक्री हुदैँ आएको छ।
बिस्कुटमा आत्मनिर्भर हुन सकिन्छ। अहिले धेरै बिस्कुट फ्याक्ट्री बन्द भइसकेका छन्। यदी सबै बिस्कुट फ्याक्ट्री चलेको भए आत्मनिर्भर नहुने कुरै थिएन। चल्न नसकेर उद्योग बन्द भएका हुन्। जुन बिस्कुटमा प्रयोग हुने कच्चा पदार्थ तथा खाद्ययपदार्थ नपाइने समस्या छ। मैदा, चिनी प्रयाप्तमात्रामा नपाइने समस्या छ। कहिले महंगोमा किन्नुपर्ने बाध्यता छ। कुनै समयमा बोराको दुई हजारमा पाइने मैदा अहिले २ हजार नौ सय रुपैयाँ पुगेको छ। कच्चा पदार्थको मूल्य बढेको छ तर सरकारले कुनै सबसिडी दिन सकेको छैन। उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा सरकारले सबसिडी दिनुपर्छ। हामीले राम्रै गरिरहेका छौं, कर तिरिरहेका छौं। साढे चार सय भन्दा बढीलाई रोजगारी दिइरहेका छौं। देश आत्मनिर्भर हुन सक्छ बिस्कुटमा। अप्रत्यक्षरुमा अरु चार सयले रोजगारी पाइरहेका छन्।
विदेशबाट जति बिस्कुट आउँछ, त्यसलाई निरुत्साहित गर्दा राम्रो हुन्छ। आयातलाई डिस्करेज गर्न सके स्वदेशी उत्पादकलाई प्रोत्साहन मिल्छ। यहीँको उत्पादनले आत्मनिर्भर हुन सकिने भएकाले हामीलाई उत्साह थप्न सरकारले सहयोग गर्नुपर्छ। ग्लोबलाईजेसनको अवस्थामा रोक्नुपर्छ भन्ने नभएपनि आयातमा कडाइ गर्न सकिन्छ। सरकारले उनीहरुलाई भन्दा हामीलाई उत्साह थप्नेगरी प्रबद्र्वन गर्नुपर्छ। न्यून बिजीकरण गरेर पनि विदेशी बिस्कुट ल्याउने गरिएको छ। त्यसलाई रोक्न सक्नुपर्छ।
आजको दिनमा नेबिकोलाई चिन्ने भनेको गुणस्तरले नै हो। गुणस्तर र विस्वासले नै नेविको अघि बढेको हो। हामीले त्यसलाई कम हुन दिएका छैनौं। हामी त्यसमा पूर्ण फोकसमा छौं।
नेविकोलाई चिनाउने भनेकै थिन आरारोट, ग्लुकोज बिस्कुट, खाजा बिस्कुट, डाइजेस्टिक लगायत हुन्। यी पूराना ब्रान्ड भएपनि आजका दिनसम्म चर्चामै छन्। २२ वटा ब्रान्डका बिस्कुट छन्। मूल्यका हिसाबले कुरा गर्ने हो भने ५५ ब्रान्डका बिस्कुट उत्पादन भइरहेका छन्।
बिस्कुटको प्रकृति अनुसार साधारणतया ६ महिनादेखि एक वर्षभित्र खपत भइसक्नुपर्छ। कस्तो खालको प्याकेजिङ गरिएको छ भन्ने कुराले पनि महत्व राख्छ। जस्तै साह्रो खालको बिस्कुटलाई बलियो प्याकेजिङ चाहिदैँन। यदी बिस्कुट सफ्ट छ भने त्यही अनुसारको प्याकेजिङ गर्नुपर्छ। हामीले प्याकेजिङमा केही वर्षदेखि नयाँ सुरुवात गरेका छौं। पहिला आँखाले खान्छ। त्यही भएर अन्तर्राष्ट्रियस्तरको प्याकेजिङ सुरु गरेका छौं।
दुई वर्षदेखि आँटाबाट पनि उत्पादन सुरु गरेका छौं। ट्रेकर च्वाइस, डि– ट्यान्टी, डाइजेस्टिकहरु छन्। उपभक्तोको मागलाई ध्यानमा राखेर आँटाबाट उत्पादन सुरु गरेका हौं। आटाँको बिस्कुटलाई प्रवद्वन गर्दै छौं। उपभोक्ताले मन पराइरहनुभएको छ आँटाको बिस्कुटलाई पनि।
पछिल्लो समयमा हामीले ब्रान्ड र ब्रान्डिङलाई महत्व दिदैँ आएका छौं। कुनै समयमा ब्रान्डिङलाई खर्चको रुपमा लिइन्थ्यो तर अहिले लगानीको रुपमा लिन थालिएको छ। ब्रान्ड खर्च होइन लगानी हो भन्ने राम्रोसँग बुझेका छौं। आज खर्च गरेको आजै प्रतिफल नआउँला तर केही समयभित्र दुईतीन गुणा बढी लाभ हुन्छ। बलियो ब्रान्डिङले बिक्री बढ्छ। नेबिकोले एक दशकयता ब्रान्डिङमा विशेष ध्यान दिदैँ आएको छ। सम्पूर्ण उपभोक्ताले ढुक्क भएर नेबिकोद्वारा उत्पादित बिस्कुट उपयोग गर्न सक्नुहुन्छ। हामी गुणस्तरमा कहिल्यै पनि सम्झौता गर्दनौं। स्वदेशी उत्पादनलाई माया गरौं, देशलाई आत्मनिर्भर बनायौं।