नेप्सेमा उछाल

नेप्सेमा उछाल

काठमाडौं : नयाँ वर्षसँगै सुधारोन्मुख देखिएको पुँजी बजारले आइतबार पनि निरन्तरता पाएको छ। साताको पहिलो दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवै बढेको छ। आइतबार नेप्से ३१.८९ बिन्दुले बढेर १२६४.२० अंक पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.८४ अंक बढेको छ।

१७१ कम्पनीको ३३ लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। एक अर्ब तीन करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ।

बैंक ४५.९४, होटल ३४.८, विकास बैंक १६.९७, जलविद्युत् ८.८७,, वित्तीय २.१३, अन्य ९.७, माइक्रोफाइनान्स २६.९१ र लाइफ इन्स्योरेन्स २२.२५ अंक बढेको छ। नन् लाइफ इन्स्योरेन्स ७.२२, उत्पादनमूलक ११.९२ अंकले घटेको छ।

सेयर र कारोबार रकमका आधारमा नेपाल बैंक अघि छ। बैंकको चार लाख ७९ हजार कित्ता सेयरबाट १४ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकको अन्तिम सेयर तीन सय १४ रुपैयाँ प्रतिकित्ता कारोबार भएको थियो। यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र एनसीसी बैंक छन्।

स्ट्यान्डर्ड चाटर्ड बैंक, नेपाल एसबीआई बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्थान, हिमालयन बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। वेस्ट फाइनान्स र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.