सरकारसँग वार्ता गर्न राप्रपाले बनायो समिति
काठमाडौं : सरकारसँग वार्ताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन सदस्यीय वार्ता समिति गठन गरेकोको छ। वरिष्ठ नेता दीपक बोहोराको सन्योजकत्वमा बनेको समितिमा निरन्जन थापा र दाजेन्द्र लिङ्देन रहेका छन्।
आइतबार सरकारले वार्ताको लागि औपचारिक पत्र पठाएपछि सोमबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले यो समिति बनाएको हो। राप्रपा र सरकारबीच बैशाख १० गते वार्ता तय भएको छ। हिन्दुराज्य र राजतन्त्र पुनःस्थापनको माग राख्दै राप्रपा आन्दोलनमा छ।