नेकपाले टुंग्यायो एकता : यी हुन् ७७ जिल्लाका अध्यक्ष र सचिव (सूचीसहित)
काठमाडौं : सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ। आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गरिएको छ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दिउँसो नेकपाको ७१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सूची सार्वजनिक गरियो।
नेकपाले केन्द्रमा पार्टी एकता गरेको ११ महिनामा बल्ल जिल्लास्तरमा नेतृत्व चयन गरेको हो।
एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्। एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ।
जिल्लाका अध्यक्ष र सचिव नै दुवै पार्टीका जिल्ला अध्यक्ष (प्रमुख) रहने गरी नयाँ मापदण्ड बनाई एकता टुंग्याइएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।
‘जुनजुन जिल्लामा एमालेलाई नेतृत्व प्राप्त भयो, त्यहाँ हिजो जो निर्वाचित अध्यक्ष थिए, अहिले अध्यक्ष प्राप्त हुँदा उनै अध्यक्ष हुने र सचिव पाएको ठाउँमा पनि उनै (तत्कालीन अध्यक्ष)ले सचिवको जिम्मेवारी पाउनेछन्। तत्कालीन माओवादीका हकमा पनि यही मापदण्ड लागू हुने सहमति छ’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भने।
हेर्नुस् सूची