अन्तराष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन हुने

अन्तराष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन हुने

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन गर्ने भएको छ। रासायनिक मल र विषादी निरुत्साहित गरी प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। सम्मेलन आगामी बैशाख ३१ र जेष्ठ १ गते काठमाडौंमा हुन लागेको कार्यदलका सदस्य सचीव डा. गंगा आचार्यले जानकारी दिए।

आचार्यका अनुसार भारत, भूटान, क्युवा, र स्पेनका प्राङगारिक विज्ञ आउने निधो भैसकेको छ। सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब १५० विज्ञको सहाभागिता रहने कार्यदलले जनाएको छ। सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको छ।

सम्मेलनबाट आएका सुझावलाई समेटेर कार्यदलले प्रतिवेदन तयार गरि जेठको पहिलो हप्तासम्म प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ। प्राङ्गारिक खेतिलाई प्रवर्द्धन गर्न भन्दै गत पुस २९ गते कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो।

कार्यदलले अहिलेसम्म सातै प्रदेश र उपत्यकामा १० वटा अन्तक्रिया गरेर सुझाव संकलन गरेको कार्यदलका सदस्य  कृष्णप्रसाद पौडेलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.