सिमसिम पानीमा रुझ्यो हाँडिगाउँको लावा जात्रा
काठमाडौं : यसै पनि हाँडीगाउँ जात्राकै लागि प्रसिद्ध छ। सोमबार (वैशाख कृष्ण तृतीया) यहाँ लावा जात्रा सम्पन्न भयो। यो जात्रा अन्तर्गत घर अगाडि खट सिंगारेर बाजा बजाउँदै धनगणेशको पूजा गरिन्छ।
ब्रत बसेका महिलाहरू ताय (लावा) छर्दै कोटालटोल, गहना पोखरी र टंगाल गणेशस्थान हुँदै भाटभटेनी मन्दिरसम्म पुग्ने चलन छ। जात्रामा हिँडेकाहरूलाई सिमसिम परेको पानीले भिजाएको थियो।
हेर्नुस्, अन्नपूर्णकर्मी सुनिता डंगोलले आफ्नो क्यामरामा कैद गरेका केही फोटोहरूः